भैरहवा-विराटनगरमा सौर्य एयरलाइन्सको नियमित उडान « Khabarhub

भैरहवा-विराटनगरमा सौर्य एयरलाइन्सको नियमित उडान


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भैरहवा- प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जोडिएका छन् । सौर्य एयरलान्सले नयाँ गन्तव्यको रुपमा भैरहवा-विराटनगर सीधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन् ।

सौर्यले सोमबार लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र द्वयसहरको पर्यटन विकासमा सहजीकरण गर्न दैनिक एउटा उडान राखिएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।

‘अहिले सुरुवात गरेका छौँ, यात्रुको माग बढेमा दैनिक २-३ वटा उडान सञ्चालन गर्न सकिने छ,’ अध्यक्ष पोखरेलले भने ।

८ वर्ष देखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औद्योगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न उडान सुरु भएको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए ।

यसअघि कुनै पनि एयरलाइन्सले विराटनगरका लागि भैरहवाबाट नियमित सीधा उडान भरेका थिएनन् ।  सौर्यले दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उडान भर्नेछ र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ५९ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि