भैरहवा-विराटनगरमा सौर्य एयरलाइन्सको नियमित उडान « Khabarhub

भैरहवा-विराटनगरमा सौर्य एयरलाइन्सको नियमित उडान


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

भैरहवा- प्रदेश १ र लुम्बिनी हवाइ उडानमा जोडिएका छन् । सौर्य एयरलान्सले नयाँ गन्तव्यको रुपमा भैरहवा-विराटनगर सीधा हवाई उडान सुरु गरेसँगै दुबै प्रदेश जोडिएका हुन् ।

सौर्यले सोमबार लुम्बिनी प्रदेश र प्रदेश १ लाई जोड्न गरी दैनिक उडान सुरु गरेको हो । बुद्ध जन्मस्थल लुम्बिनी भैरहवा सहर र नेपालकै दोस्रो ठूलो सहर विराटनगरलाई जोड्न र द्वयसहरको पर्यटन विकासमा सहजीकरण गर्न दैनिक एउटा उडान राखिएको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलले बताए ।

‘अहिले सुरुवात गरेका छौँ, यात्रुको माग बढेमा दैनिक २-३ वटा उडान सञ्चालन गर्न सकिने छ,’ अध्यक्ष पोखरेलले भने ।

८ वर्ष देखि सेवा दिदै आएको एयरलान्सले ५० सीट क्षमताको जेट विमानबाट दुवै औद्योगिक तथा पर्यटकीय क्षेत्रलाई जोड्न उडान सुरु भएको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए ।

यसअघि कुनै पनि एयरलाइन्सले विराटनगरका लागि भैरहवाबाट नियमित सीधा उडान भरेका थिएनन् ।  सौर्यले दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उडान भर्नेछ र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ ।

 

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ५९ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा