निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप  « Khabarhub

निर्मला कुर्मी प्रकरण : पक्राउ परेका ६ जनामाथि अनुसन्धानका लागि म्याद थप 


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज- नेपालगञ्ज उपमहानगरपालिका-१७ परसपुरकी निर्मला कुर्मीलाई बेपत्ता पारी करोडौं मूल्यको जग्गा हडपेको आरोपमा बाँके प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्जकी कुर्मी र नन्कुनी धोबीको हत्याको विषयमा प्रहरीले अनुसन्धान नगरेको भन्दै अधिकारकर्मी रुबी खानको नेतृत्वमा पैदलै हिडेर काठमाडौँ पुगेको थियो ।

निर्मलाको अपहरण गरी सम्पत्ति हडपेर हत्या गरेको आरोपमा रमेश थापा, पार्वती बिष्ट, कृष्णमुरारी सिंह, उर्मिला कनोजिया, अमरलाल कुर्मी र धीरेन्द्र सिंह गरी ६ जनालाई पक्राउ गरिएको बाँकेका प्रहरी नायव उपरीक्षक मधुसुदन न्यौपानेले जानकारी दिए । प्रहरी नियन्त्रणमा रहेका ६ जनामाथि सात दिनको म्याद थप गरिएको उनले बताए ।

सोही प्रकरणमा आरोपित कुँवर बब्बन सिंह ८० वर्षे भएकाले अदालतले उमेर हदम्यादका कारण साधारण तारेखमा छोडेको छ । सो घटनामा मुछिएका अभियुक्तमध्ये संविधानसभा सदस्य बादशाह कुर्मी आफै गत भदौमा जिल्ला प्रहरी कार्यालयमा आएकोले उनलाई हाजिरी जमानतमा छाडिएको थियो । उनी नेपाली कांग्रेसका नेतासमेत हुन् ।

बाँके प्रहरीले निर्मला कुर्मीको भारतमा विवाह भएको र उनको विवाह दर्ता र मृत्यु दर्ता प्रमाणपत्रमाथि समेत अनुसन्धान गरिरहेको जनाएको छ । बाँकेकी  कुर्मी र धोबी घटनामा छानबिन समितिले सरकार समक्ष प्रतिवेदन बुझाएपछि आरोपितलाई प्रहरीले लामो समयपछि पक्राउ गरेको हो ।

परस्पुरकी बेपत्ता निर्मलाको साढे ४ बिघा घरजग्गा भूमाफियाले कीर्ते कागज, जालझेल गरी नामसारी गरेको तथ्य भेटिएपछि प्रतिवेदनमा दोषी पक्राउ गर्न सुझाव दिइएको थियो ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ८ : ३० बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा