जाडो छल्न विद्यालयको चौरमै पठनपाठन « Khabarhub

जाडो छल्न विद्यालयको चौरमै पठनपाठन


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– विद्यालयको चौरमा आठ वटा विद्यार्थी समूह छन् । प्रत्येक समुहमा एक एक जना शिक्षक छन् । विद्यालयमा कक्षा कोठा नभएर यसरी चौरभरी विद्यार्थी भएका भने होइनन् । कक्षाकोठा नै खाली गराएर चौरमा विद्यार्थी राख्नुको कारण हो बढ्दो चिसो ।

यो दृश्य हो ढोरपाटन नगरपालिका–९ को ज्योति विकास आधारभुत विद्यालयको । ढोरपाटन उपत्यकामा चिसो बढेसँगै यहाँका विद्यालयहरूमा चौरमै शैक्षिक क्रियाकलप भइरहेको देख्न सकिन्छ ।

हरेक दिनको प्रार्थना सकिएपछि विद्यार्थीहरू विद्यालयको चौरमा कक्षा अनुसारको समूह बनाएर बस्छन् । कक्षा शिक्षकले पनि विद्यार्थीको बसाइँअनुसार चौरमै सेतोपाटी राखेर नियमित कक्षा सञ्चालन गर्ने गरेको विद्यालयका प्रधानध्यापक चक्रबहादुर अदैले जानकारी दिए ।

चिसो भुँई र शीतको पानी पनि चुँहिने भएकाले टिनको छानामुनि बस्नै नसक्ने विद्यार्थी कमल विकले बताए । ‘पहिलो घन्टीमा कक्षाभित्र बस्नै कठिन छ’ उनले भने ‘रातभरको तुसारो पग्लिने हुँदा किताब र बेन्चमा पानी पर्छ ।’ यहीकारण कात्तिकदेखि पुसको दोस्रो सातासम्म चौरमा पठनपाठन गर्ने गरेको शिक्षक श्याम विक बताउँछन् ।

ढोरपाटन उपत्यकाको हावा बहने स्थानमा विद्यालय भएको हुँदा चिसो हावा निरन्तर चल्न । चौरमा बसेर पढ्ना पछि जाडोले विद्यार्थीको ध्यान केन्द्रीत गर्न कठिन छ । पढाई भन्दा पनि चिसोबाट कसरी बच्ने भन्नेमा विद्यार्थी बढी केन्द्रीत हुने प्रधानध्यापक अदैले बताए ।

कक्षाकोठामै नियमित पठनपाठन गर्न हिटर अथवा कोठा न्यानो पार्ने कुनै वैकल्पिक प्रविधि व्यवस्थापन गर्न सके सहज हुने उनले बताए । ढोरपाटन क्षेत्रमा हिमपात र अत्याधिक चिसो बढ्ने हुँदा उक्त विद्यालय १५ पुसदेखि माघ मसान्तसम्म बन्द हुन्छ । बर्खे बिदाको सट्टा हिउँदे बिदा गरिएको प्रअ अदैले बताए । यहाँ कक्षा एकदेखि आठसम्म पठनपाठन हुन्छ ।

चिसो मौसमको बेला विशेषगरी बाल कक्षादेखि पाँचसम्मका बालबालिका विद्यालयमा नआउने, आएपछि छिट्टै घरमा जाने जस्ता समस्या रहेको छ । विद्यालयमा हाल एक सय ९२ जना विद्यार्थी छन् । चार जना स्थायी दरवन्दीका शिक्षक रहेको सो विद्यालयमा पाँच जना राहत र दुई जना आन्तरिक स्रोतबाट रहेको प्रअ अदैले बताए । फ्रान्सको आर्च संस्थाले दुई जना शिक्षकको मासिक तलबभत्ता उपलब्ध गराएको छ ।

विद्यालयको शैक्षिक गतिविधिलाई प्रविधिसँग जोडन उक्त संस्थाले १२ वटा ल्यापटप, तीन वटा प्रोजेक्टर पनि उपलब्ध गराएको छ । उक्त संस्थाले प्रत्येक बर्ष सबै विद्यार्थीलाई पुग्ने विद्यालय पोशाक, स्टेशनरी सामग्री स्विटर र रेनसुज दिने गरेको प्रअ अदैको भनाइ छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १ : ३० बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी