मनाङको प्रशिक्षकमा राजेन्द्र तामाङ | Khabarhub Khabarhub

मनाङको प्रशिक्षकमा राजेन्द्र तामाङ


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आठौं पटकको शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले यस सिजनको लागि टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । २९ कात्तिकबाट सुरू हुने शीर्ष डिभिजनको लिगको लागि मनाङले राजेन्द्रलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो ।

ए लाईसेन्स प्राप्त प्रशिक्षक राजेन्द्रले विदेशी प्रशिक्षक तोपे फुजासँग सहकार्य गरि मनाङको ‘टच लाइन’ समाल्नेछन् । फुजा केहि समयपछि नेपाल फर्कदैछन् । यस सिजनको लिगबाट पोखरा रंगशालालाई घरेलु मैदान बनाउने निर्णय गरेको मनाङले पोखरावासी राजेन्द्रलाई प्रशिक्षकमा रोजेको हो ।

‘मनाङले पोखरालाई घरेलु मैदानको रुपमा अगाडि बढाएको छ । म स्थानीय भएँ । दुबैलाई राम्रो हुने भए पनि हामीले सहकार्य गर्यौ ।’ न्युज कारखानासँग प्रशिक्षक राजेन्द्रले भने । राजेन्द्रले पछिल्लो दुई सिजन विभागीय एपीएफ फुटबल क्लब हेरेका थिए । अघिल्लो सिजन राजेन्द्रको प्रशिक्षणमा एपीएफ रेलिगेसन जोनबाट बचेको थियो । १३ खेल खेल्दा दुई जित, तीन बराबर र आठ खेलमा हार व्यहोरेको एपीएफ नौ अंकसहित १२औं स्थानमा रहेको थियो ।

त्यसअघि भएको विना रेलिगेसनको लिगमा एपीएफले पहिलो पटक पाँचौ स्थान प्राप्त गरेको थियो । विना रेलिगेसनका त्यस लिगमा एपीएफले १३ खेल खेल्दा सातमा जित, चार हार र दुई खेलमा बराबरी खेलेको थियो ।

प्रशिक्षक राजेन्द्रले लिगमा लामो इतिहाससहित सफल क्लबमा आफुलाई स्थापित गरिसकेको मनाङमा अनुबन्ध हुन पाउनु खुसीको कुरा भएको बताए । ‘एपीएफपछि खाली थिए । म आफैँ काम गर्न इच्छुक भएर मनाङमा कुरा राखेँ । टिम हेर्न पाएकोमा खुसी छु,’ राजेन्द्रले भने । २९ कात्तिकबाट सुरू हुने लिगमा मनाङले १ मसिंरमा जावलाखेल युथसँग प्रतिस्पर्धा गर्दै लिगको सुरुवात गर्नेछ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  १० : ५९ बजे

आइसीसी वारेन्टका आधारमा स्लोभेनियाद्वारा नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध

जुब्लियाना– स्लोभेनियाले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई देश प्रवेशमा प्रतिबन्ध लगाएको

प्रभावित पोखरा-जोमसोम हवाई सेवा सञ्चालन

मुस्ताङ– प्रतिकूल मौसम र जेन-जी युवाहरूको प्रदर्शनले उत्पन्न परिस्थितिका कारण

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल