मेरै कार्यकालमा प्रदेशको नामाकरण गर्छु : मुख्यमन्त्री राई « Khabarhub

मेरै कार्यकालमा प्रदेशको नामाकरण गर्छु : मुख्यमन्त्री राई


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा गर्ने बताएका छन् । गृहजिल्ला भोजपुर पुगेर विराटनगर फर्किने क्रममा मंगलबार बिहान संखुवासभाको तुम्लिङटारमा पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री राईले प्रदेशको नामाकरण आफ्नै कार्यकालमा पूरा हुने बताएका हुन् ।

अब चाडै नै नामारणका बारे छलफल थालिने मुख्यमन्त्री राईको भनाइ छ । नामाकरणका लागि पहिचान बोकेका कोशी, किराँत र सगरमाथाबाट छलफल प्रारम्भ गरिने उनले बताए । नामाकरणका लागि प्रतिपक्षी दल एमालेसँग समेत छलफल गर्ने उनले बताए ।

प्रदेश १ को नामाकरण पहिचानका आधारमा हुन सक्ने समेत उनको भनाइ छ । प्रदेशको नामारण बहुपहिचानको आधारमा सहमतिबाट टुङ्गो लगाउने बारे दलका प्रमुखसँग छलफल थाल्ने उनले बताए । विगतका सरकारले संसदमा छलफल, प्रयास नगरेका कारण प्रदेशको नामाकरण अहिले सम्म हुन नसकेको उनले बताए ।

पूर्व मुख्यमन्त्री शेरधन राईको सरकारले प्रदेशको नामाकरणका लागि पहल नै नगरेको पनि उनले आरोप लगाए । देशको नामाकरण प्रस्ताव प्रदेशसभाको दुई तिहाइ मतबाट मात्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ७ : २० बजे

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रधानसेनापतिको विशेष निर्देशन

काठमाडौं– प्रधानसेनापति अशोकराज सिग्देलले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई शान्तिपूर्ण रुपमा

‘समृद्ध नेपाल, सुखी नेपाली’ लक्ष्यसहित न्यायपूर्ण समाज निर्माणमा एमालेको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को

क्यारेबियनमा अमेरिकी आक्रमण, तीनको मृत्यु

एजेन्सी– क्यारेबियन सागर क्षेत्रमा लागूऔषध तस्करी नियन्त्रण अभियान तीव्र बनाइरहेको

पशुपतिमा महाशिवरात्रिको तयारी तीव्र

काठमाडौं– पशुपति मन्दिर परिसरमा हिन्दु धर्मावलम्बीहरूको मुख्य पर्व महाशिवरात्रिको तयारी

राप्रपाले चुनाव जिते नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको सम्भाव्यता खोज्ने

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपालमै ‘रेअर अर्थ’ पदार्थ उत्पादनको