भीम रावलको ट्वीटलाई लक्षित गर्दै कर्ण थापाले भने- पार्टी विरोधी गतिविधि भयो | Khabarhub Khabarhub

भीम रावलको ट्वीटलाई लक्षित गर्दै कर्ण थापाले भने- पार्टी विरोधी गतिविधि भयो


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् ।

आफुले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सन्जालबाट पार्टीविरुद्धका गतिबिधी पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खाजेको उनको आरोप छ । तर, अब कसैले चाहेर पनि एमालेमा विवाद हुन नसक्ने उनको भनाइ छ ।

‘फोन गरेर प्रदेश स्तरिय बैठकमा आउन आग्रह गर्दा आउँदैन भन्ने रावलले सामाजिक सन्जालकाे दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्,’ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भने, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ ।’ उनले एमाले २ जेठ २०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताए । रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नु पर्छ भन्ने माग राख्नु भएको छ,’ उनले भने, ‘त्यो सम्भव छैन, सबै मिलेर गए कुनै समस्या हुँदैन ।’

उनले सामाजिक सन्जालमार्फत नभई बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गरेका छन् । एमाले लोकतान्त्रिक पार्टी भएको र बैठकमा सबैले आफ्ना धारणा राखन पाउने उनले बताए ।

‘पार्टीका गतिविधि मान्दैन भन्ने अनि सामाजिक सन्जालमा नाना थरी लेख्ने काम राम्रो हैन्,’ उनले भने,‘त्यो पार्टी विरोधी गतिविधि हो ।’

एमाले उपाध्यक्ष रावलले मंगलबार विहान ट्विवट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । उनले धनगढीमा बसेको बैठक प्रदेश स्तरिय नभई गुटको भेला भएको आरोप लगाएका थिए ।

बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ५ : २५ बजे

कांग्रेस बैठकमा विश्वप्रकाशले भने– छैटौंपटक प्रधानमन्त्री बन्नुहुन्न, सभापतिले सम्मानजनक बिदाइ लिनुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौंपटक

बूढानीलकण्ठ नगरपालिका : स्वास्थ्य क्षेत्रमा यसरी गर्दैछ सुधारको प्रयास

काठमाडौं– काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले चालु आर्थिक वर्ष २०८१–८२ मा स्वास्थ्य

फिल्म निर्देशनमा ‘तक्मे बूढा’, हिरोमा धिरज फाइनल

काठमाडौं – कलाकार विल्सनविक्रम राई ‘तक्मे बूढा’ ले फिल्म निर्देशनमा

दशैँअघि बस्ने केन्द्रीय कार्यसमिति बैठकले महाधिवेशनको मिति तोक्छ : गगन थापा 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बडादसैं अगाडि बस्ने आगामी

जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गरिनेछ : मन्त्री पौडेल

काठमाडौं–  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सशस्त्र सङ्घर्ष, जनआन्दोलन तथा