क्षतिको आधारमा पीडितलाई राहत उपलब्ध गराइने | Khabarhub Khabarhub

क्षतिको आधारमा पीडितलाई राहत उपलब्ध गराइने


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले बेमौसमी वर्षापछि बाढी र डुबानका कारण धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।

कार्यदलमा गृहमन्त्रालयका सचिवलाई संयोजक तोकिएको थियो । सदस्यहरुमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, सङ्घीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव छन् । कार्यदललाई तीन दिनको समयसीमा दिइएको थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदलले तयार पारेको कार्यविधिका आधारमा थप प्रक्रिया अगाडि बढ्ने जानकारी दिए ।

बेमौसमी वर्षाका कारण देशभर झण्डै रु सात अर्ब बराबरको धानबाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । मन्त्री कार्कीले क्षतिका आधारमा पीडितलाई राहत उपलब्ध गराइने दृढता व्यक्त गरे ।

मन्त्रिपरिषद्को यही कात्तिक २२ गतेको बैठकले मोतीपुर औद्योगिक करिडोर घटनाका मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ ।

यस्तै बैठकले पर्वतको कुश्मामा ४०० केभी क्षमताको सवस्टेशन र जुम्लाको सवस्टेशन निर्माणका लागि जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ । ती सवस्टेशनको निर्माणपछि विद्युत् आपूर्तिमा थप सहज हुनेछ ।

बैठकले कृषि तथा वन सेवा समूहतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गरेको छ । त्यस्तै कीर्तिपुर नगरपालिका र चीनको हुवेई प्रान्तको हुआङ्गाङ शहरबीच भगिनी सम्बन्ध कायम गर्न स्वीकृति प्रदान गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री कार्कीले जानकारी दिए ।

त्यस्तै लोकसेवा आयोगको सिफारिसबमोजिम विभिन्न सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका पदमा नियुक्त गर्ने निर्णय भएको छ ।

यसैगरी बैठकले विश्व स्वास्थ्य सङ्गठनको जेनेभामा सञ्चालन हुने कार्यक्रममा सहभागी हुन स्वीकृत प्रदान गरेको छ । फरक एक प्रसङ्गमा मन्त्री कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो घोषणाअनुसार नै सबै नेपाली नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन सरकारले सबै प्रकारका प्रयास गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : २० बजे

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी

विविधताबीचको एकता नेपालीको विशेषता र पहिचान : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैँले समुदाय,

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा