प्रधानन्यायाधीशसहितको समाधान ननिस्कने सर्वोच्चका न्यायाधीशहरूको निष्कर्ष « Khabarhub

प्रधानन्यायाधीशसहितको समाधान ननिस्कने सर्वोच्चका न्यायाधीशहरूको निष्कर्ष

राजीनामा एकमात्र विकल्प रहेको ठहर


२३ कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्च अदालतमा आज उपस्थित सबै न्यायाधीशहरूको अनौपचारीक बैठकले अहिलेको समस्याको जड नै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा भएकाले उनीसहितको समाधान नस्वीकार्ने निष्कर्ष निकालेका छन्।

प्रधानन्यायाधीश राणाले सहमति बेगर बन्दी प्रत्यक्षीकरणबाहेकका नियमित मुद्दाको पेशीसमेत तोकेपछि इजलास बहिष्कार गरी छलफलमा जुटेका न्यायाधीशहरूले राणा एक्लिँदासमेत अदालत खुलेको सन्देश दिन मुद्दाको पेशी तोकेको भन्दै उनीसहितको समाधान ननिस्कने निष्कर्षमा पुगेका हुन।

राणाले अब न्यायालयको नेतृत्व गर्न असफल भइसकेकाले जे जस्ता झुक्काउँने प्रयास गरेपनि तयार नहुने र सामुहीक निर्णयमै प्रतिबद्ध हुने निष्कर्ष समेत निकालेका छन्।

आजको बैठकमा प्रधानन्यायाधीशको राजीनामाको अडान यथावतै राख्ने र राणाले राजीनामा नदिएम्म अरु मुद्दा नहेर्न एकमत हुने समेत निष्कर्ष निकालिएको छ।

न्यायाधीशहरूले राणाले राजीनामा नदिए देशभरका न्यायाधीशहरूलाई राजीनामा नआएसम्म सबै अदालत ठप्प पार्न आह्वान गर्नेसम्मको तयारी थालिएको एक न्यायाधीशले जानकारी दिए।

आजको बैठकमा सहभागी एक न्यायाधीशले नाम नबताउँने शर्तमा खबरहबसँग भने, ‘प्रधानन्यायाधीश राणा स्वयं सिंगो न्यायीक क्षेत्रमा नै विचलन ल्याउने मुख्य पात्र हुनुहुन्छ अब उहाँको राजीनामा बेगर अर्को समाधान छैन, उहाँको नेतृत्व अब स्वीकार्न सकिँदैन भन्नेमा हामी सबै एकठिक्का छौं। सर्वोच्च अदालतमा अब उहाँसहितको समाधान छैन। उहाँले अनेक गलत अफवाह फैलाउँने र अदालत खुल्दै छ, समाधान निस्क्यो भन्नेजस्ता सबै हल्लामात्र हुन।’

आजको बैठकमा सहभागी न्यायाधीशहरूले न्यायीक क्षेत्रमा विचलन रोक्न अहिलेकै बहिष्कारलाई समेत निरन्तरता दिने बताएका छन्। सबै न्यायाधीशहरूले राणाले आफ्नो राजीनामा रोक्न जस्तो प्रस्ताव ल्याएपनि नस्विकार्ने निष्कर्ष समेत निकालेका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७८, मंगलबार  ६ : ३६ बजे

कुवेतको विद्युत् तथा पानी प्रशोधन केन्द्रमा इरानको आक्रमण, खानेपानी आपूर्तिमा चिन्ता

कुवेत– इरानले गरेको आक्रमणबाट कुवेतको विद्युत् उत्पादन तथा समुद्री पानी

स्टार्मरको राजीनामापछि बर्नहम बेलायतको प्रधानमन्त्री बन्ने

एजेन्सी– लेबर पार्टीका वरिष्ठ नेता तथा ग्रेटर म्यानचेस्टरका पूर्वमेयर एन्डी

नेपालको राजनीतिमा ‘वनाना रिपब्लिक’

सर्वप्रथम हामीले ‘वनाना रिपब्लिक’ भनेको के हो ? कहाँबाट सुरु

इन्धन र विद्युतीय चार्जिङ युनिटमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

काठमाडौं– यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले

मधेस विश्वविद्यालयमा तीन नयाँ शैक्षिक कार्यक्रम विस्तार हुँदै

जनकपुरधाम- मधेस विश्वविद्यालयले चालु शैक्षिक सत्र २०८३ देखि थप तीन वटा