लक्ष्मी मित्तलको सफलता « Khabarhub

लक्ष्मी मित्तलको सफलता


२३ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सण्डे टाइम्स रिच लिष्ट २००४ का अनुसार लक्ष्मी मित्तल बेलायतमा रहने सबैभन्दा धनी एसियाली व्यक्ति हुन् । उनीसँग ३.५ अर्ब पाउण्ड अर्थात् करिब ६.४१ अर्ब डलर सम्पत्ति छ । उनी स्टीलको दुनियाँका बेताज बादशाह हुन् । मित्तलका कम्पनी ‘इस्पात’ लाई दुनियाकै सर्वश्रेष्ठ स्टिल कम्पनी मानिन्छ । २००४ मा यी आप्रवासी भारतीयले लन्डनमा ७ करोड पाउण्डमा दुनियाँको सबैभन्दा महँगो घर किने ।

पश्चिमी राजस्थानको मरुभूमि इलाकामा जन्मिएका लक्ष्मी मित्तल एक यस्तो गाउँमा जन्मेका थिए जहाँ बिजुली थिएन । तर, भाग्य र मेहनतको फल भनौँ आज उनी संसारकै महान् हस्ती बनिसकेका छन् । मित्तलका पिता थोरै मात्रामा स्टिल उत्पादन गर्थे तर मित्तलका सपना ठूला थिए । यसकारण उनी १९७६ मा इन्डोनेसिया गए र त्यहाँ उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टिल कारोबार शुरु गरे ।

मित्तलको लक्ष्य स्पष्ट थियो । उनी नयाँ स्टिल मिल बनाउनुभन्दा पनि गएगुज्रेको अवस्थामा रहेका मिलमा सुधार गरेर छिट्टै सफलता हासिल गर्न चाहन्थे । भविष्यको सम्भावनालाई पहिचान गरेर उनले यो महसुस गरे कि नयाँ मिल बनाउन समय र पैसा दुवै अधिक खर्च हुन्छ । त्यसकारण उनले आफ्नो सम्पूर्ण ऊर्जा खराब स्थितिमा पुगेका स्टिल मिल किन्ने र तिनमा आमूल परिवर्तन गरेर लाभदायक स्थितिमा पुर्‍याउनमा केन्द्रित गरे ।

त्यस्ता मिललाई फाइदाजनक स्थितिमा ल्याउनका निम्ति मित्तल एक सुनियोजित रणनीति माथि कार्य गर्दछन् । उनी तत्काल उत्पादनको लागत कम गर्दछन्, कर्मचारी सङ्ख्या घटाउँछन् र आधुनिक मेशिनको प्रयोग गर्दछन् । मित्तलको सफलताको कहानीले हामीलाई यो पाठ मिल्छ कि यदि कसैले आफ्नो लक्ष्य स्पष्ट राख्छ र तिनलाई हासिल गर्नका लागि स्पष्ट योजना बनाउँछ भने उसलाई अवश्य सफलता मिल्छ ।

साभार : ‘सफलता’ पुस्तकबाट

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  ८ : ५० बजे

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको

दसैँ मनाउन बाहिरिएकाहरु धमाधम काठमाडौं फर्किँदै

काठमाडौं- दसैँ मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिएका यात्रुहरू धमाधम फर्किन थालेका

एनपीएलका लागि पाकिस्तानी कप्तान फरहान नेपालमा

काठमाडौं- कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तान टी–२० टिमका कप्तान साहबजादा

फिलिपिन्समा दुई प्रशिक्षण विमान दुर्घटना हुँदा वायुसेनाका चार पाइलटको मृत्यु

मनिला- उत्तरी फिलिपिन्सको बाताङ्गास प्रान्तमा शुक्रबार प्रशिक्षण उडानका क्रममा दुईवटा