जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू « Khabarhub

जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा- सडक डिभिजन कार्यालय नुवाकोटले रसुवाको जोखिमपूर्ण स्थानका सडकको मर्मत सुरू गरेको छ ।

कार्यालयले जिल्लाको स्याउबारीदेखि धुन्चेसम्मको जोखिमपूर्ण स्थानका सडकको मर्मतको काम सुरु गरेको हो । सडक साँघुरो र अप्ठ्यारो हुँदा सवारी आवतजावतमा समस्या भएकाले जोखिमपूर्ण स्थानका सडक मर्मतको काम सुरू गरिएको सडक डिभिजन कार्यालय नुवाकोटका प्रमुख अमृतमणि रिमालले बताए । मुलखर्कमा सडक साघुँरो र असहज भएसँगै तत्काल मर्मत कार्यअघि बढाइएको उनले बताए ।

‘राम्चेदेखि मुलखर्कसम्मको बाटो अलि बढी जोखिम छ, सवारी आवतजावतमा समस्या भएकोले हाम्रो कार्यालयले तत्काल इमरजेन्सिको रुपमा काम गरेको हो,’ उनले भने, ‘मुलखर्कमा उकालो सडक, सवारी आवतजावतमा समस्या भएकाले तत्काल मर्मतको काम गरेको हो, अब ठेक्कामार्फत् सडक मर्मतको काम सुरू हुन्छ ।’

सडक डिभिजन कार्यालय नुवाकोटका अनुसार मुलखर्क-राम्चे खण्डको सडकमा जोखिम छ । हरेक वर्ष वर्षायाममा बाटो भत्किने र धसिने हुने गरेको छ । ‘पानी परेपछि यो सडकमा बाटो बिग्रने गरेको छ, जति मर्मतको कार्य गरे पनि हरेक वर्ष समस्या दोहोरिरहेको छ। त्यस्लाई अस्थायी रूपमा काम गर्ने हो, तत्काल इमरजेन्सीमा हामीले अहिले मुलखर्कमा ग्राभेल गरी सवारी आवतजावतमा सहज बनाएका हौँ,’  रिमालले भने, ।

स्याउबारीदेखि धुन्चेसम्मको सडक साँघुरो तथा अप्ठ्यारो हुँदा केही दिनअघि मात्र चीनबाट आयात भएको स्याउ बोकेर आएको मालबाहक कन्टेनर र टाटासुमो दुर्घटनामा परेको छ । सवारी दुर्घटना, र सवारी संचालनमा समस्या भएसँगै सडक डिभिजन कार्यालय नुवाकोटले जोखिमपूर्ण स्थानको सडक मर्मतको कार्यलाई अघि बढाएको हो ।

बेत्रावतीदेखि स्याफ्रुबेशीसम्मको सडक स्तरोन्नतिका लागि सडक डिभिजन कार्यालय नुवाकोटमार्फत चालु आर्थिक वर्ष २०७८/०७९ मा करिब १० करोड बजेट विनियोजन भएको जनाइएको छ । जसमध्ये ८ करोड सडक मर्मतका लागि बजेट बिनियोजन भएको बताइएको छ । डिभिजन प्रमुख रिमालका अनुसार सडक मर्मतका लागि दुईवटा ठेक्का लागिसकेको र बाँकी पनि ठेक्का प्रक्रियामा छ ।

यो वर्ष बेत्रावतीदेखि धुन्चेसम्मको चार किलोमिटर अप्ठ्यारो सडक ढलान गरिने जनाइएको छ । त्यसैगरि सडक ढलान गर्ने, कालोपत्रे सडक मर्मत गर्ने, सडक ग्राभेल गर्ने, साइड ड्रेन मर्मत, टेवा पर्खाल लगाउने, खाल्डाखुल्टी पुर्ने लगायतका कार्य गरिने रिमालले बताए ।

बेत्रावती‍-कालिकास्थान-धुन्चे-स्याफ्रुबेशी सडक चिनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका जोड्ने सडक पनि हो । नाका जोड्ने छोटो दूरीको मैलुङ-स्याफ्रुबेशी सडक पनि छ । वर्षायाममा मैलुङ-स्याफ्रुबेशी सडक अवरुद्ध भई बन्द हुने हुँदा बेत्रावती–कालिकास्थान-धुन्चे-स्याफ्रुबेशी सडकबाटै आवतजावत बढ्ने गरेको छ । बेत्रावती-कालिकास्थान-धुन्चे-स्याफ्रुबेशी सडक भने बाह्रै महिना सञ्चालन हुन्छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ११ : ४० बजे

महानगरद्वारा पशुचौपायालाई निःशुल्क खोप

विराटनगर– विराटनगर महानगरपालिकाले आजदेखि पिपीआर/स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको

गगन र विश्वप्रकाशको एक स्वर, ‘विशेष महाधिवेशनको विकल्प छैन’

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग थप सशक्त बन्दै गएको

स्रोतसाधनको यथार्थ मूल्याङ्कनका आधारमा योजना तय गर्न सुझाव

काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय योजना (२०८३/८४–२०८७/८८)को अवधारणपत्र तयारीका

अनेरास्ववियुका पूर्वअध्यक्ष पराजुली दुई क्षेत्रबाट उम्मेदवार सिफारिस

काठमाडौं- नेपाली कम्युनिस्ट पार्टीले अनेरास्ववियुका पूर्वकेन्द्रीय अध्यक्ष सुदेश पराजुलीलाई दुई

छिमेकी र अन्य देशहरूसँग आवश्यक सहकार्य हुन्छ : नवनियुक्त मन्त्री शर्मा

काठमाडौं- नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले आफ्नो मन्त्रालयले चुनावसम्बन्धी विषयमा छिमेकी