इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ३९ मृत्यु | Khabarhub Khabarhub

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ३९ मृत्यु


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो ।

यसबाट स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रभावित क्षेत्रबाट करिब चार हजार व्यक्तिलाई अस्थाई वासस्थानम सारिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवन र ध्वस्त भएका सवारीसाधनमा बाँचेका र शव खोज्दै, उद्धारकर्ता खतरनाक परिस्थितिसँग लडिरहेका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले अहिलेसम्म पनि १२ जना व्यक्ति हराइरहेको जानकारी दिए ।

उनले हराएका ती व्यक्तिको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताएका छन् । जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३:१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  १२ : ४५ बजे

ट्यारिफ युद्धविरामको भोलिपल्ट सीको सार्वजनिक वक्तव्य : धम्की र प्रभुत्ववादले एक्लोपन निम्त्याउँछ

काठमाडौं – संयुक्त राज्य अमेरिका र चीनबीचको व्यापार युद्धमा करसम्बन्धी

समाजमा भ्रम फैलाउने छुट कसैलाई छैन : सञ्चारमन्त्री 

सुर्खेत– सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारले

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी

रारामा पर्यटकीय पूर्वाधारमा लगानी गर्न माग

काठमाडौं– पर्यटकीय सम्भावना रहेर पनि अपेक्षित लाभ लिन नसकिएको रारा

के हो खगेन्द्र र दीपेन्द्रको सहकार्यको राज ?

काठमाडौं – फिल्म ‘पशुपतिप्रसाद’ निर्देशक दीपेन्द्र के खनाल र नायक