इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ३९ मृत्यु « Khabarhub

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ३९ मृत्यु


२३ मंसिर २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।

ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो ।

यसबाट स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।

प्रभावित क्षेत्रबाट करिब चार हजार व्यक्तिलाई अस्थाई वासस्थानम सारिएको छ । ज्वालामुखी भग्नावशेष, भत्किएका भवन र ध्वस्त भएका सवारीसाधनमा बाँचेका र शव खोज्दै, उद्धारकर्ता खतरनाक परिस्थितिसँग लडिरहेका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले अहिलेसम्म पनि १२ जना व्यक्ति हराइरहेको जानकारी दिए ।

उनले हराएका ती व्यक्तिको बारेमा पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुनसक्ने बताएका छन् । जाकार्ता समयानुसार गत शनिबार दिउँसो ३:१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहिबार  १२ : ४५ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया