ओमिक्रोन फैलिन नदिन कैलालीमा फेरि कडाइ « Khabarhub

ओमिक्रोन फैलिन नदिन कैलालीमा फेरि कडाइ


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को संक्रमण पुष्टि भएसँगै कैलालीमा स्वास्थ्य मापदण्डमा कडाइ गरिएको छ ।

कोभिड-१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले विभिन्न चार वटा आचारसंहिता जारी गर्दै कडाइ गर्न थालेको हो ।

डीसीएमसीको बिहीबार सम्पन्न बैठकले भिडभाड हुने कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरेको छ ।

प्रशासनले धार्मिक, साँस्कृतिक महत्वका स्थानमा नित्य पूजापाठ, आराधना बाहेक भेला र उत्सव गर्दा भिड नगर्न आग्रह गरेको छ । अतिआवश्यक काम गर्नुपर्ने भएमा जनस्वास्थ्य कार्यालयसँग समन्वय गर्न आग्रह गरेको छ ।

साथै, रोगबाट बच्न तथा जोखिम न्यूनिकरण गर्न सबैलाई खोप लगाउन समेत प्रशासनले आग्रह गरेको छ । प्रशासनले त्रिनगर र खक्रौला नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई थप व्यवस्थित गर्दै आवागमनमा कडाइ गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  २ : १० बजे

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति