७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु : अर्थमन्त्री शर्मा | Khabarhub Khabarhub

७ प्रतिशत आर्थिक वृद्धि गरेरै देखाउँछु : अर्थमन्त्री शर्मा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको लक्ष्य अनुसार ७ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेरै देखाउने दाबी गरेका छन् । अर्थ समितिको बैठकमा बिहीबार उनले यस्तो दाबी गरेका हुन् ।

विगतका समस्याहरूले अर्थतन्त्रमा चूनौती आएको र अब विस्तारै ति समाधान हुँदै जाने उनले बताए । ‘अर्थतन्त्रमा आजकोआजै समस्या आएको होइन, यसअघिका नीति नियमका र समग्र ऐन कानुनले असर पारेको हो,’ उनले भने, ‘अब समस्याहरू बिस्तारै समाधान हुँदै छन्, लक्षित आर्थिक वृद्धि हासिल गर्न सकिन्छ ।’

अर्थमन्त्री शर्माले आयात ६४ प्रतिशतले बढ्दा निर्यात १०४ प्रतिशतले वृद्धि भएको र अब पुँजीगत खर्च गर्ने रफ्तार पनि बढ्दै जाने बताए । अर्थतन्त्र नबुझेको अर्थमन्त्री भन्ने आलोचकप्रति लक्षित गर्दै उनले ति व्यक्तिहरूबाट पनि अध्ययन गरिरहेको बताए ।

पूँजीगत खर्च कमजोर हुँदा बैंकिङ प्रणालीमा तरलताको अभाव भएको स्वीकार गर्दै त्यसका लागि गैरआवासीय नेपालीहरूले विदेशी मुद्रामा खाता खोल्ने व्यवस्था गरिएको र यसले सकारात्मक प्रभाव पार्ने दाबी गरे ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  २ : ३० बजे

प्रधानमन्त्री कप क्रिकेटमा सुदूरपश्चिम विजयी

 घोराही– किरण ठगुन्नाको शतकीय पारीको मद्दतमा सुदूरपश्चिम प्रदेशले यहाँ जारी

‘२०२५ इन्डोनेसिया इन्टरनेशनल मोटर शो’ मा नेटा सहभागी

काठमाडौं– पीटी नेटा अटो इन्डोनेसियाले इन्डोनेसिया इन्टरनेशनल मोटर शो (आईआईएमएस)

प्रजातन्त्रको विकल्प कुनै तन्त्र हुन सक्दैन : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसका नेता एनपी साउदले प्रजातन्त्रको विकल्प अरू कुनै

एकीकृत समाजवादीले भन्यो- पूर्वराजाले विगतमा गरेका कु-कर्मको भण्डाफोर गरौँ

काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले परिवर्तनका पक्षधरहरू एक

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र प्रहार

सियोल– उत्तर कोरियाले सोमबार ‘धेरै अपरिचित ब्यालेस्टिक मिसाइलहरू’ प्रहार गरेको