लमजुङ जीप दुर्घटना अपडेट :  तीन जनाको मृत्यु, नौ घाइते « Khabarhub

लमजुङ जीप दुर्घटना अपडेट :  तीन जनाको मृत्यु, नौ घाइते


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ-   लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी-२ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई दुईवटा जीपमा राखेर भुष्मे गाउँतर्फ लगिएको थियो ।

मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिशा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्। लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार नौ जना घाइते भएका छन्।

दुर्घटनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल लमजुङमा ल्याइएको डिएसपी कार्कीले बताए । उनका अनुसार दुई घाइतेलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ३ : २५ बजे

शुक्रबारसम्म नै पानी पर्छ, कतिपय ठाउँमा ठूलो वर्षा हुन्छ : मौसमविद्

काठमाडौं– पछिल्लो समयमा परेको पानी आगामी शुक्रबारसम्म नै पर्नसक्ने मौसविद्ले

वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज चौथो दिनको बन्द

पर्सामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

वीरगन्ज– जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्व लक्षित विशेष सुरक्षा योजना

खेतमा पानी लगाउन गएका भण्डारीको करेन्ट लागेर मृत्यु

गुल्मी– स्थानीय धुर्कोट गाउँपालिका–५ का ऋषिराम भण्डारीको करेन्ट लागेर मृत्यु

बाढी प्रभावित क्षेत्रमा गैरसरकारी संस्थाका राहत कार्यक्रम

काठमाडौँ– भोटेकोशी–त्रिशूली बाढी प्रभावित रसुवाको उत्तरगया गाउँपालिका–२ डाँडागाउँमा जोखिममा रहेका