लमजुङ जीप दुर्घटना अपडेट :  तीन जनाको मृत्यु, नौ घाइते « Khabarhub

लमजुङ जीप दुर्घटना अपडेट :  तीन जनाको मृत्यु, नौ घाइते


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ-   लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ ।

विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी-२ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई दुईवटा जीपमा राखेर भुष्मे गाउँतर्फ लगिएको थियो ।

मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिशा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्। लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार नौ जना घाइते भएका छन्।

दुर्घटनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल लमजुङमा ल्याइएको डिएसपी कार्कीले बताए । उनका अनुसार दुई घाइतेलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ३ : २५ बजे

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति

थारु समुदायको माघीमा हराउँदै मुसाको परिकार !

देशभर बसोबास गर्ने थारु समुदायले आफ्नो मौलिक तथा महत्त्वपूर्ण पर्व

अक्षय खन्ना ‘धुरन्धर २’ मा कमब्याक गर्ने तयारीमा

काठमाडौं– बलिउड सुपरस्टार रणवीर सिंह अभिनीत जासुसी थ्रिलर फिल्म ‘धुरन्धर’को