दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ « Khabarhub

दुई लाख रुपैयाँसहित ६ जुवाडे पक्राउ


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ- दुई लाख नगदसहित दाङमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार उनीहरू घोराही-१३ डुम्मरगाउँबाट पक्राउ परेका हुन् ।

३२ वर्षीय निमबहादुर भण्डारीको घरबाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको दाङ प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा ३२ वर्षीय भण्डारी, रोल्पा माडी गाउँपालिका-४ का ५७ वर्षीय रणे वली, सोही गाउँपालिका-३ का ४० वर्षीय कुलबहादुर खड्का, ३० वर्षीय रामकृष्ण खड्का रहेका छन् ।

४० वर्षीय राजेश वली र रोल्पा परिर्वतन गाउँपालिका-४ बस्ने ३८ वर्षीय ललित बुढा पनि पक्राउन परेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिए ।

पक्राउ परेकाहरूको साथबाट नगद एक लाख ९७ हजार सात सय ५५ रुपैयाँसहित पाँच बुक तास बरामत भएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ४ : २५ बजे

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको

नेत्रविक्रम चन्द र मिराज ढुंगानाले गरे आन्दोलनका लागि ४ बुँदे सहमति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का अध्यक्ष नेत्रविक्रम चन्द र जेन-जी

रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने

तानसेन– पाल्पा, गुल्मी र स्याङ्जाको सङ्गमस्थल रुरुधाम क्षेत्रमा माघे सङ्क्रान्ति