कांग्रेस महाधिवेशनको तयारी पूरा « Khabarhub

कांग्रेस महाधिवेशनको तयारी पूरा


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारी पूरा भएको छ ।

शुक्रबार सुरु हुने महाधिवेशनको उद्घाटनको मञ्च निर्माण लगायतका पूर्वाधारका काम सम्पन्न भएसकेका छन् भने सजावटका केही काममात्र बाँकी रहेको कांग्रेसले जनाएको छ ।

महाधिवेशनको उद्घाटन सत्र प्रदर्शनीमार्गस्थीत भृकुटिमण्डपमा हुँदैछ । मञ्चमा स्वदेश तथा विदेश सत्कारका साथै पार्टीका नेताहरुलाई व्यस्थापन गर्नका लागि छुट्टै तयारी गरिएको छ । भृकुटिमण्डप परिसर वरपर कांग्रेस पार्टीको झण्डा राखिएको छ भने महाधिवेशनमा बिभिन्न पदमा उम्मेद्वारी दिनेहरुको पर्चा र पम्प्लेटले वरपरका क्षेत्र ढाकिएका छन् ।

देशभरबाट महाधिवेशन प्रतिनिधिहरु काठमाडौँ आइसकेका छन् । करिब ४८ सय महाधिवेशन प्रतिनिधिले भाग लिने कांग्रेसले जनाएको छ । महाधिवेशन नेतृत्व चयनमा केन्द्रित हुने देखिएको छ । सभापति शेरबहादुर देउवा फेरि सभापतिमा दोहोरिने तयारीमा छन् । उनलाई चुनौती दिन पौडेल समूहले एकजनामात्र उम्मेदवार बनाउने बताउँदै आए पनि विहीबार साँझसम्म उम्मेदवार तय गर्न सकेको छैन।

अहिलेसम्म सभापतिका ७ जना उम्मेदवार देखिएका छन् । देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य डा. शेखर कोइराला र केन्द्रीय सदस्य कल्याण गुरुङले सभापतिमा उम्मेदवारी दिने बताएका छन् । महाधिवेशनले १५ जना पदाधिकारीसहित १३३ जना निर्वाचित गर्ने छ भने ३१ जना मनोनित गर्ने व्यवस्था छ ।

 

 

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ६ : १५ बजे

जापानमा विपक्षी दलको संयुक्त मोर्चा

एजेन्सी– जापानका दुई प्रमुख विपक्षी दलले प्रधानमन्त्री साने ताकाइचीको सत्तारूढ

खड्का निवासमा कांग्रेस नेताहरूको अधिवक्तासँग परामर्श

काठमाडौं– नेपाली कांग्रेसका नेताहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको हात्तिगौडा निवासमा

हायर बन्यो विश्वकै नम्बर १ होम एप्लायन्स ब्रान्ड

काठमाडौं– विश्वप्रसिद्ध होम एप्लायन्स ब्राण्ड ‘हायर’ विश्वको नम्बर १ ब्राण्ड

ग्रिनल्यान्डमा नाटो तैनाथीप्रति रुसको गम्भीर चिन्ता

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कब्जा गर्ने चेतावनी दिँदै

पर्वले आपसी प्रेम, सद्भाव र एकताको भावना मजबुत बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको टुँडिखेलमा मगर समुदायले आयोजना गरेको