महोत्तरी कांग्रेसमा विवाद, महाधिवेशनमा प्रतिनिधि बन्नबाट वञ्चित « Khabarhub

महोत्तरी कांग्रेसमा विवाद, महाधिवेशनमा प्रतिनिधि बन्नबाट वञ्चित


२३ मंसिर २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी ३ मा नेपाली कांग्रेसको अधिवेशन हुन नसक्दा क्रियाशील सदस्यहरु महाधिवेशन केन्द्रीय प्रतिनिधि छनोट हुनबाट बञ्चित भएका छन् ।

संस्थापन इतरका विमलेन्द्र निधि र रामचन्द्र पौडेल पक्षबीच भएको विवादले उक्त क्षेत्रको अधिवेशन स्थगित भएको हो ।

बुधवार हुने भनिएको अधिवेशनमा निर्वाचनस्थल बारेको विवाद निष्कर्षमा पुग्न सकेको थिएन । एक पक्षले पिपरा नगरपालिकामा अधिवेशन हुनुपर्ने र अर्को पक्षले सदरमुकाम जलेश्वरमा हुनुपर्ने अडान राखेका कारण मतदान अधिकृत हेमबहादुर कार्की मतदान गराउन नसक्ने भन्दै हिँडेका थिए ।

पौडेल पक्षका नेता रामचन्द्र तिवारीका कारण अधिवेशन हुन नसकेको निधि पक्षका नेताहरुको आरोप छ । तर, निधि पक्षमा पनि टिम मिल्न नसकेका कारण समस्या देखिएको छ ।

उक्त क्षेत्रमा सभापतिका आकांक्षीमा मनोज झा, रागबेन्द्र झा र रामु यादव रहेका छन् । मनोज र रामु निधि पक्षका हुन् भने रागबेन्द्र पौडेल निकट हुन् ।

त्यसअघि मतदान अधिकृत धिरेन्द्र मण्डललाई अपहरण गरि जबरजस्ती उम्मेदवार निर्वाचित गराउन लागएको भन्दै कांग्रेसको निर्वाचन समितिले सम्पूर्ण प्रकृया खारेज गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०७८, बिहीबार  ९ : ०५ बजे

कांग्रेसको क्षेत्रीय अधिवेशनको मिति परिवर्तन

बागमती – भारी वर्षाको सम्भावनालाई दृष्टिगत गरी नेपाली कांग्रेसको १५

प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित

गण्डकी – निरन्तरको वर्षाका कारण पोखरा अन्तरराष्ट्रिय विमानस्थबाट हुने आन्तरिक

सल्यानका ८८ जनामा स्क्रबटाइफस सङ्क्रमण

कर्णाली – सल्यान जिल्लाका तीन स्थानीय तहका ८८ जनामा स्क्रबटाइफसको

सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो

सिक्किम – पश्चिम सिक्किमको युक्सोम–ताशिदिङ निर्वाचन क्षेत्रअन्तर्गत रिम्बी गाउँमा लगातार

प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग

काठमाडौं – झारखण्ड गोरखा समाजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा