यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘मटन कवाफ’ | Khabarhub Khabarhub

यसरी बनाउन सकिन्छ स्वादिष्ट ‘मटन कवाफ’


२७ जेठ २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपयका लागि मटनका परिकार असाध्यै मन पर्छ । अनेकै रेसिपी खान मन परे पनि बनाउने तरिका थाहा नहुँदा त्यसको स्वाद लिँन चाहेर पनि सकिँदैन ।

आज हामी तपाइँलाई मटनको कवाफ र मासुको अचार बनाउने विधि प्रस्तुत गर्दैछौँ । यहाँ किलो मटनमा यी चिज बनाउने तरिका दिइएको छ ।

आवश्यक सामग्री

१ किलो मासु डेढ इन्चको पीस गर्नु, ४/५ पीस ल्वाङ, सुकुमेल, इलाइची, दालचिनी, तेजपात, १०० ग्राम तेल, १ चम्चा राम्रो घिउ, १०० ग्राम अदुवा, १ चौथाई चम्चा मरिचको धुलो, २/२ चम्चा जिरा धनियाँको धुलो, १/१ चम्चा बेसार, खोर्सानीको धुलो, आधा चम्चा जाइफलको धुलो, आवश्यक नुन ।

बनाउने तरिका

मासु सफा गरी तेल बेसार र अन्य सबै मसला राखी राम्रो मुछ्नु र बाक्लो भाँडोमा पकाउनु । मासुमा भएको पानी सुकेपछि आगो सानो गरी छोपेर पकाउनु । पाकिसकेपछि घिउ राखी चलाएर छोडिदिनु । तयार भयो । यसरी पकाएको मासु फ्रिजमा नराखे पनि ४/५ दिनसम्म राखेर खान सकिन्छ । तर चिसो डाडुले चलाउनु हुँदैन । आफूलाई चाहिने मात्र निकाली तताउनुपर्छ । प्याज र लसुन पनि राख्नु हुँदैन बिग्रन्छ ।

साभार : सजिलो कुकिङपुस्तकबाट

 

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  ६ : ०५ बजे

आगामी बजेट नयाँ ढंगबाट आउँछ : प्रधानमन्त्री दाहाल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा

एमाले सांसद सुहाङले लिए शपथ (तस्बिरहरू)

काठमाडौं– इलाम- २ बाट नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले पद तथा

आज सुनचाँदीको मूल्य स्थिर

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल

डेढ वर्षपछि चीनद्वारा भारतमा राजदूत नियुक्त

काठमाडौं- करिब डेढ वर्षपछि चीनले भारतमा नयाँ राजदूत पठाउने तयारी

भैँसी पाल्ने किसानलाई गाउँपालिकाको अनुदान

पर्वत– जिल्लाको पैयुँ गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु