मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित « Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हात परेको छ ।

ग्रानडासँग शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–० को सानदार जित निकालेको हो ।

बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा फराकिलो जित निकाल्ने क्रममा मेस्सी र र एन्टोइन ग्रिजमनको समान दुई गोल गरे ।

खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको बार्सिलोनाको लागि दोस्रो गोल ३५औं मिनेटमा मेस्सीले गरे ।

४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो ।

६३औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सानदार जित दिलाए ।

जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ३४ अंक पुगेको छ । पराजित ग्रानडा २४ अंकसहित सातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ६ : २८ बजे

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ