यो दान हो र कमन्डलु थाप्ने बित्तिकै दिने ? जनताले सुम्पिएको प्रधानमन्त्री पद हो: ओली (भिडियोसहित) « Khabarhub

यो दान हो र कमन्डलु थाप्ने बित्तिकै दिने ? जनताले सुम्पिएको प्रधानमन्त्री पद हो: ओली (भिडियोसहित)


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ओली समूहको नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले विकासका काम तीब्र रुपमा थालेपछि कतिपयलाई छटपटी भएर आफूविरुद्ध कदम चाल्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरेका छन् ।

आइतवार प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा बोल्दै जनताले आफूलाई प्रधानमन्त्रीमा मनोनित गराएर पठाएको तर स्थिरता नचाहने शक्तिले प्रधानमन्त्रीबाट राजीनामाको माग गरेको दाबी गरे ।

‘यो दान हो र कमन्डलु थाप्नेबित्तिकै दिने ? यो लालमोहर हो र ? यो जनताले सुम्मिएको प्रधानमन्त्री पद हो,’ उनले भने ।

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले आफूले सही विकास गर्ने देखिएको र देशले छलाङ मारेका कारण असन्तुष्ट शक्तिले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेको दाबी गरे । ‘देशलाई महाविपत्तितर्फ लगिएको थिएन, आपत् परेर संसद विघटन गरिएको थियो,’ उनले भने ।

‘यसपटक पनि विकास निर्माणका काम भइरहेका छन्, अब एक घण्टाभित्र चीनको बोर्डरमा जाने बाटो तयार हुँदैछ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका कुरा गर्दा कतिपयलाई छटपटी भयो, के भनेर आलोचना गर्ने होला, के भनेर ओझेलमा पार्ने होला, यसै काममा केही मानिसहरु लागे ।’

उनले मुलुकमा स्थिरता र स्थायित्व हुन नदिन निर्वाचनपछि आएको प्रधानमन्त्री हट्नुपर्छ भनेर आफूले नै दिएका अवसरको दुरुपयोग गरेर कतिपयले आवाज उठाएको पनि बताए । राष्ट्रियसभामा बोल्दै ओलीले भने – ‘आफैले सिंह बनाइदियो, सिंहले आफैलाई झम्टिने ।’

उनले भारतसँग आफूले साँचो अर्थमा मित्रता बढाउन चाहेको पनि बताए । ‘म भारतसँग साँचो अर्थमा मित्रता बनाउन चाहन्छु, नयाँ अर्थमा उचाइमा पुर्‍याउन चाहन्छु, वास्तवमा मनदेखिको मित्रता चाहन्छु ।’

‘हाम्रो भूभाग हामीले प्राप्त गरेर हडपिएको छ भने बोल्न नसक्ने, सम्बन्ध राम्रै छ भन्ने, सीमासम्बन्धी समस्या छ भने हामीले खुला छलफल गर्दा भारतसँग नजिक भयो भन्ने,’ ओलीले भने, ‘हामीले हाम्रा भनाइहरु प्रस्तुत गर्नुपर्छ, चुप लागेर बस्नुहुँदैन, त्यसकारण भारतसँग छलफल हुन्छ ।’

उनले नेपालको वास्तविक भूमि सामेल गरेर नक्सा छापिएपछि र निशान छापमा पनि त्यसलाई सामेल गरेपछि कतिपयलाई छटपटी भएको दाबीसमेत गरे ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ०७ बजे

सूर्यविनायक चक्रपथ जोड्ने पलाँसे–तारकेश्वर सडकको शिलान्यास

भक्तपुर– बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुरको पलाँसे–तारकेश्वर सडकखण्ड निर्माण

धार्मिक पर्यटनको केन्द्र बन्दै ‘कण्ठदेवी मन्दिर’

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र

संसदीय राजनीतिबाट सिके राउतको बिदाइ

काठमाडौँ – जनमत पार्टीका अध्यक्ष डा. सी. के. राउतले संसदीय

प्रि ओपन सेसन : करिब साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन साेमबार प्रि ओपन सेसनमा नेपाल

माडी नगरपालिकाद्वारा भूमि वर्गीकरण

चितवन– चितवनको माडी नगरपालिकाले पालिकाभित्र रहेको जमिनको वर्गीकरण गरेको छ