यो दान हो र कमन्डलु थाप्ने बित्तिकै दिने ? जनताले सुम्पिएको प्रधानमन्त्री पद हो: ओली (भिडियोसहित) | Khabarhub Khabarhub

यो दान हो र कमन्डलु थाप्ने बित्तिकै दिने ? जनताले सुम्पिएको प्रधानमन्त्री पद हो: ओली (भिडियोसहित)


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (ओली समूहको नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफूले विकासका काम तीब्र रुपमा थालेपछि कतिपयलाई छटपटी भएर आफूविरुद्ध कदम चाल्दा प्रतिनिधिसभा विघटन गर्नुपरेको दाबी गरेका छन् ।

आइतवार प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा बोल्दै जनताले आफूलाई प्रधानमन्त्रीमा मनोनित गराएर पठाएको तर स्थिरता नचाहने शक्तिले प्रधानमन्त्रीबाट राजीनामाको माग गरेको दाबी गरे ।

‘यो दान हो र कमन्डलु थाप्नेबित्तिकै दिने ? यो लालमोहर हो र ? यो जनताले सुम्मिएको प्रधानमन्त्री पद हो,’ उनले भने ।

हेरौँ भिडियो

प्रधानमन्त्री ओलीले आफूले सही विकास गर्ने देखिएको र देशले छलाङ मारेका कारण असन्तुष्ट शक्तिले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेको दाबी गरे । ‘देशलाई महाविपत्तितर्फ लगिएको थिएन, आपत् परेर संसद विघटन गरिएको थियो,’ उनले भने ।

‘यसपटक पनि विकास निर्माणका काम भइरहेका छन्, अब एक घण्टाभित्र चीनको बोर्डरमा जाने बाटो तयार हुँदैछ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकासका कुरा गर्दा कतिपयलाई छटपटी भयो, के भनेर आलोचना गर्ने होला, के भनेर ओझेलमा पार्ने होला, यसै काममा केही मानिसहरु लागे ।’

उनले मुलुकमा स्थिरता र स्थायित्व हुन नदिन निर्वाचनपछि आएको प्रधानमन्त्री हट्नुपर्छ भनेर आफूले नै दिएका अवसरको दुरुपयोग गरेर कतिपयले आवाज उठाएको पनि बताए । राष्ट्रियसभामा बोल्दै ओलीले भने – ‘आफैले सिंह बनाइदियो, सिंहले आफैलाई झम्टिने ।’

उनले भारतसँग आफूले साँचो अर्थमा मित्रता बढाउन चाहेको पनि बताए । ‘म भारतसँग साँचो अर्थमा मित्रता बनाउन चाहन्छु, नयाँ अर्थमा उचाइमा पुर्‍याउन चाहन्छु, वास्तवमा मनदेखिको मित्रता चाहन्छु ।’

‘हाम्रो भूभाग हामीले प्राप्त गरेर हडपिएको छ भने बोल्न नसक्ने, सम्बन्ध राम्रै छ भन्ने, सीमासम्बन्धी समस्या छ भने हामीले खुला छलफल गर्दा भारतसँग नजिक भयो भन्ने,’ ओलीले भने, ‘हामीले हाम्रा भनाइहरु प्रस्तुत गर्नुपर्छ, चुप लागेर बस्नुहुँदैन, त्यसकारण भारतसँग छलफल हुन्छ ।’

उनले नेपालको वास्तविक भूमि सामेल गरेर नक्सा छापिएपछि र निशान छापमा पनि त्यसलाई सामेल गरेपछि कतिपयलाई छटपटी भएको दाबीसमेत गरे ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ०७ बजे

ट्रकले ठक्कर दिँदा काभ्रेमा मोटरसाइकल चालकको मृत्यु

काभ्रे – अरनीको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका– ६ केराघारीमा ट्रकको

गण्डकी प्राविधिक प्रतिष्ठानलाई सवा अर्ब अनुदान

काठमाडौं– दक्षिण कोरिया सरकारले नेपाल सरकारलाई गण्डकी प्राविधिक शिक्षालयको पूर्वाधार

सूचना नपाएको सूचना अधिकारीकै गुनासो

खोटाङ– खोटाङका जिल्लास्थित सरकारी कार्यालयका सूचना अधिकारीले आफूहरूलाई प्राप्त जिम्मेवारीअनुसार

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै

भोजपुर– टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र