लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छाड्छौं: प्रधानमन्त्री ओली « Khabarhub

लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छाड्छौं: प्रधानमन्त्री ओली


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले सीमाना मिचेका नेपालका क्षेत्र लिपुलेक, लिम्पियाधुरा र कालापानी कायम गरेरै छोड्ने बताएका छन् ।

उनले आइतवार राष्ट्रिय सभामा बोल्दै १ सय ४६ वर्षदेखि हामीले उपभोग गर्दै आएको जग्गा नेपालले कायम गरेरै छाड्ने बताएका हुन् ।

सुगौली सन्धिपछि नेपालको भू–भाग लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्साबाट गायब पारिए पनि आफ्नै नेतृत्वको सरकारले उक्त भू–भागलाई संविधान र निशान छापमा समावेश गराएको पनि ओलीले बताए ।

साथै उनले ती भारतले हडपेका भूभागलाई नक्सामा छाप्दा कतिपयलाई छटपटी भएको पनि दाबी गरे ।

‘हाम्रो खेतको शीरैबाटै भारतमा पानी लगिएको छ, हाम्रो खेत बाँझै हुन्छ,’ यसबारेमा भारतसँग भेट गर्दा भारतसँग नजिकिएको भनिन्छ, प्रधानमन्त्री ओलीले भने, ‘सीमासम्बन्धी समस्या छ भने हामीले खुला छलफल गर्नुपर्छ, हामीले भारतसँग भनाइहरू राख्नुपर्छ, त्यसैले भारतसँग छलफल हुन्छ ।’

उनले कसैले सरकार ढाल्नुपर्ने उचित कारण भए त्यो बताउन पनि चेतावनी दिए । आफूले देशको हितमा काम गर्दा कतिपयले आफ्नोविरुद्ध कदम चालेकाले संसद विघटन गर्नुपरेको ओलीको दाबी थियो ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  २ : ४५ बजे

कांग्रेसका दागी नेतालाई टिकटमा तगारो

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि बनेको सरकारले फागुन

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत