संसद पुन:स्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री ओली « Khabarhub

संसद पुन:स्थापना कुनै हालतमा हुन सक्दैन : प्रधानमन्त्री ओली


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनःस्थापना हुन नसक्ने बताएका छन् ।

राष्ट्रियसभा बैठकमा उठेका एवं समसामयिक विषयमा आज वक्तव्य दिँदै उनले संविधानको व्यवस्थाअनुसार राष्ट्रपतिबाट प्रतिनिधिसभा विघट्न भएको स्पष्ट पार्दै यो राजनीतिक प्रश्न भएको बताएका हुन् ।

उनले नेपालको संविधानको धारा ७६ (७) ले प्रतिनिधिसभा विघटन हुने व्यवस्था गरेको स्पष्ट पार्दै संविधानले तोकेबमोजिमले जाँदा अस्थिरता नहुने बताए ।

साथै उनले बाह्य शक्तिको गोटी बनेर राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दै मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास गरेपछि संसद् विघटन गरिएको प्रष्टिकरण दिए ।

यो आवश्यकताको सिद्धान्तअनुसार गरिएको उल्लेख गर्दै उनले लोकतन्त्रमा प्रधानमन्त्रीले गरेको कुनै पनि सिफारिस राष्ट्रपतिले सदर गर्नुपर्ने संवैधानिक व्यवस्थाका बारेमा अवगत गराउँदै त्यसमा न्यायसङ्गत भए नभएको जिम्मेवारी स्वयं प्रधानमन्त्रीले लिनुपर्ने उल्लेख गरे ।

भारत र चीनबाट भएका पछिल्ला केही नेपाल भ्रमणका सम्बन्धमा प्रधानमन्त्री ओलीले नेपालको भलो चिताउने मुलुकमा आउँछन्, कुरा गर्छन् र जान्छन् भने ।

सोही अवसरमा उनले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले यही १४ जनवरी भारत भ्रमण गर्ने जानकारी गराए । उक्त भ्रमणमा द्विपक्षीय हित, नेपालको नयाँ नक्सालगायत विषयमा छलफल हुने उनले बताए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ३ : ०७ बजे

आज २०८३ साल जेठ २ गते शनिबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ २ गते शनिबार। जेठ

धादिङमा ५२ किलो अफिम र तीन वटा भरुवा बन्दुक बरामद

धादिङ – फरार प्रतिवादीको खोजीमा खटिएको धादिङ प्रहरीले ठूलो परिमाणमा

मर्दी पदयात्राका क्रममा एक पर्यटक बेपत्ता

कास्की – कास्की जिल्लामा अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने मर्दी हिमाल

इँटाका चाङले पुरिँदा तीन मजदुरको मृत्यु

काठमाडौँ । सर्लाहीको हरिपुर नगरपालिका–५ कृष्ण इँटा उद्योगमा चाङ खस्दा

मनसुनबाट २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

काठमाडौं – यसपालि मनसुनको समयमा दुई लाख २६ हजारभन्दा बढी