सीमा क्षेत्रमा मुक्त हलियाको घर निर्माणमा रोक नलगाएको 'एसएसबी'को स्पष्टोक्ति | Khabarhub Khabarhub

सीमा क्षेत्रमा मुक्त हलियाको घर निर्माणमा रोक नलगाएको ‘एसएसबी’को स्पष्टोक्ति


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक नलगाएको स्पष्ट पारेको छ ।

घर निर्माणमा एसएसबीले रोक लगाएको भन्ने प्रकाशित समाचारको खण्डन गर्दै उसले कुनै अवरोध सिर्जना नगरिएको स्पष्ट पारेको हो ।

केही सञ्चारमाध्यमहरूले झण्डै २ वर्ष पुरानो भिडियो प्रयोग गरेर एसएसबीले कञ्चनपुरको भीमदत्त नगरपालिका–९ व्रम्हदेवका चार मुक्तहलिया परिवारका घर निर्माणमा रोक लगाएको समाचार प्रशारण गरेपछि एसएसबीका एक अधिकारीले उक्त समाचारको खण्डन गरेका हुन ।

नाम नबताउने शर्तमा तीअधिकारीले भने, ‘भिडियो यस्तो गरी प्रस्तुत गरिएको छ की एसएसबीद्वारा नेपाली मुक्तहलिया परिवारलाई घर बनाउन अवरोध खडा गरिँदैछ। तर यथार्थमा त्यस्तो कुनै पनि कार्य भारतीय पक्षबाट भएको छैन।’

ती अधिकारीले भारतीय सुरक्षाकर्मीद्वारा त्यस्तो कुनै पनि प्रकारको गतिविधि नगरिएको बताउँदै सीमा नजिक बस्ने कुनै पनि नेपालीलाई समस्या पर्ने कार्य नगरिएको दाबी गरेका छन् ।

नेपालको सशस्त्र सीमा बललाई पनि यस विषयमा जानकारी गराइएको उनले जनाएका छन् ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  १ : ४९ बजे

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका

मल्लकालीन थन्थु दरबार पुनः निर्माण थालियो

भक्तपुर – भक्तपुर दरबार क्षेत्रस्थित तीन सय ४६ वर्ष पुरानो

५० केजी गाँजासहित एक जना भारतीय नागरिक पक्राउ

महोत्तरी – ५० केजी गाँजा सहित महोत्तरी प्रहरीले एक जना

वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

काठमाडौं – वैदेशिक रोजगारीका नाममा पछिल्लो समय ठगीका घटना बढेपछि