काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई संकटमा धकेलेको आरोप लगाएका छन् ।
जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले (आज) आइतवार आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राखेका छन् ।
उनले बहुमत आफ्नो पक्षमा रहेको बताउँदै आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए ।
प्रतिक्रिया