अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा (भिडियोसहित) « Khabarhub

अदालतमा विचाराधीन मुद्दामा अहिले बोल्न मिल्दैन : सभापति देउवा (भिडियोसहित)


२६ पुस २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले अहिले केही बोल्न नमिल्ने बताएका छन ।

प्रजातान्त्रिक विचार समाजले आज उनकै निवास बूढानीलकण्ठमा आयोजना गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले आफ्नो पार्टीलाई अदालतको निर्णय मान्य हुने बताए ।

कांग्रेसले जहिल्यै न्यायालयको सम्मान गरेको बताउँदै उनले आफ्नो पार्टी अदालतको निर्णयको पर्खाइमा रहेको उल्लेख गरे । प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा विचाराधीन रहेकाले सडकबाट दबाब दिन नहुने उनको धारणा थियो ।

जनता मतदान गर्न उत्साहित रहेको जनाउँदै उहाँले सर्वोच्च अदालतले मध्यावधि चुनावमा जाने विषयमा निर्णय लिए कांग्रेस चुनावमा जाने बताए ।

हेरौँ भिडियो

सभापति देउवाले कांग्रेस स्थापना गर्ने चार नेतामध्ये सूर्यप्रसाद उपाध्याय पनि एक भएको उल्लेख गर्दै पार्टीले उनको उच्च कदर गर्ने बताए ।

कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानमा संसद् विघटन गर्ने ठाउँ नरहेको बताए ।

कांग्रेस संसद् पुनर्स्थापनाको पक्षमा आवाज लिएर सडकमा जानुपर्ने उनको भनाइ थियो ।

कांग्रेसले विगतमा पनि चुनाव बहिष्कार गरेकाले अहिले संसद् पुनस्र्थापनाकै पक्षमा सशक्तरूपमा आवाज उठाउन पार्टीसित विकल्प नभएको नेता पौडेलले बताए ।

उपाध्यायको कांग्रेसमा ठूलो योगदान भएको र त्यसलाई नजरअन्दाज गर्न नमिल्ने नेता पौडेलले बताए ।

कांग्रेस महामन्त्री डा शशाङ्क कोइरालाले उपाध्यायले पार्टीलाई जीवन्त राख्ने काम गरेको उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले उपाध्यायको तस्बीर पार्टी कार्यालयमा राख्न तथा पृथ्वीजयन्ती मनाउने निर्णय गर्न सभापति देउवालाई आग्रह गरे ।

कार्यक्रममा पूर्वसांसद दिव्यमणि राजभण्डारी, कांग्रेस नेता लोकेश ढकाल, प्रजातान्त्रिक विचार समाजका अध्यक्ष डा केदारनरसिंह केसी, समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्ले र उपाध्यक्ष डा विमला शाक्यले उपाध्यायको योगदानका बारेमा चर्चा गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ९ : ३१ बजे

एम्नेस्टी इन्टरनेसनलको रिपोर्ट : नेपालमा शान्तिपूर्ण भेला स्वतन्त्रता संकुचित

काठमाडौं– एम्नेस्टी इन्टरनेसनलले सन् २०२५ मा नेपालमा शान्तिपूर्ण भेला हुन

अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने

काठमाडौं– देशका विभिन्न भागमा बढ्दो तापक्रमसँगै तातो हावाको लहर(लु) को

बूढानीलकण्ठमा रविसँग भेटेपछि सिंहदरबार छिरे गृहमन्त्री सुधन, मन्त्रिपरिषद् बैठकमा सहभागी

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ अहिले मन्त्रिपरिषद्को बैठकमा भाग लिन प्रधानमन्त्री

गुप्तचर साझेदारीमा अमेरिका–दक्षिण कोरिया तनाव

सयोल- उत्तर कोरियाको संवेदनशील आणविक गतिविधिबारे सार्वजनिक अभिव्यक्तिपछि अमेरिका र

‘बफिन्स ९८’ले ल्यायो ‘हाम्रो आवाज’

काठमाडौं – पोखरको सांगीतिक समूह ‘बफिन्स ९८’ले नयाँ गीत ‘हाम्रो