फेरि सुरू भयो पश्चिमी वायुको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपातको पूर्वानुमान « Khabarhub

फेरि सुरू भयो पश्चिमी वायुको प्रभाव, शुक्रबारसम्म वर्षा र हिमपातको पूर्वानुमान


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मुलुकमा फेरि पश्चिमी वायुको प्रभाव सुरू भएको छ ।

पश्चिमी वायुकै प्रभावले शुक्रबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं १ र बागमती प्रदेशमा आंशिकदेखि समान्य बदलीको अवस्था रहेको छ ।

मौसममा भएको बदलावसँगै दिउँसो र राति मुलुकका अधिकांश पहाडी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको जनाइएको छ ।

आकाश राम्रो नखुल्दा काठमाडौँ उपत्यकामा धुम्म देखिएको छ । तराईका अधिकांश क्षेत्रमा हुस्सु लागेको छ । आज बिहान साढे ६ बजेको मापनअनुसार काठमाडौँ उपत्यकाको तापक्रम ६.५ डिग्री सेल्सियस मापन गरिएको महाशाखाका मौसमविद् निराजन सापकोटाले जानकारी दिए ।

उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू-भागमा विहानपख हुस्सु/कुहिरो लागिरहँने र चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

माघ २८ गते (बुधबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

राति : बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश-२ र प्रदेश-१ मा आँशिक देखि सामान्य बदली रही वाँकी भुभागहरुमा आँशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पूर्वी उच्चपहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

माघ २९ गते (बिहिबार)

दिउँसो : पहाडी भुभागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

राति :  सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही प्रदेश-२ मा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ३० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति :  सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही प्रदेश-२ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ७ : ४० बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन