अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघ्यो


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ७९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार २६५ संक्रमितको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउने संक्रमितको संख्या ४ लाख ७९ हजार ७७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ९५ हजार ५४२ जनामा संक्रमण पुष्टि भएको छ । यसअघि २७ मंसिरमा एकैदिन अहिलेसम्मकै धेरै ३ लाख ८६ हजार ६५४ जनामा संक्रमण भएको थियो ।

पछिल्लो वृद्धिसँगै अमेरिकामा संक्रमितको संख्या २ करोड ७७ लाख ९९ हजार नाघेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड ७६ लाख ३९ हजार २१७ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ९६ लाख ८० हजार ९५७ जनामध्ये २१ हजार ४६० जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ५९ बजे

कैलालीका पर्यटकीयस्थलहरूमा पर्यटकको भीड

घोडाघोडी– विश्व रामसार सूचीमा सूचीकृत यहाँको घोडाघोडी ताल, चिसापानी र

साम्बाको अर्को उत्कृष्ट गोल, भारतविरुद्ध नेपाललाई दोहोरो अग्रता

काठमाडौं- नेपालले भारतविरुद्ध सिलोङमा जारी खेलमा २-० को अग्रता बनाउन

डीपीको स्पष्टीकरण : रविलाई जेलबाट जबरजस्ती निकालेका थिएनौँ, सरकारकै मान्छेले फोन गरेर लैजानु भनेको प्रमाण छ

भैरहवा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डीपी अर्यालले

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं– नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। सचिवालयका अनुसार एमालेले