अपाङ्गता भएका व्यक्तिहरुको आपत्ति « Khabarhub

अपाङ्गता भएका व्यक्तिहरुको आपत्ति


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राजधानी काठमाडौँमा भइरहेको नेकपा प्रचण्ड–माधव समूहको जनसभामा वक्ताहरुले सरकारी कदमको विरोध गर्ने क्रममा अपाङ्गता भएका व्यक्तिहरुको भावनामा चोट पुग्ने गरी बोलेको भन्दै विरोध भएको छ ।

सभामा सहभागी अपाङ्गता भएका व्यक्तिहरुले मञ्चमा एउटा नोट पठाएर विरोध जनाएका हुन् । उक्त नोट कार्यक्रमका उद्घोषक लीलामणि पौडेलले पढेर सुनाएका थिए । नोटमा वक्ताहरुलाई शब्द प्रयोग गर्दा ध्यान दिन आग्रह गरिएको छ ।

त्यस्ता शब्दहरुले सभामा सहभागी अपाङ्गता भएका सयौँ व्यक्तिहरु दुःखी भएको नोटमा उल्लेख गरिएको छ ।

कतिपय वक्ताहरुले सरकारले असंवैधानिक कदम चालेको भनेर विरोध गर्ने क्रममा ‘अपाङ्ग, अन्धो, लङ्गडो’ जस्ता शब्द प्रयोग गरेका थिए ।
विरोध नोट पढेर सुनाएपछि उद्घोषक पोखरलले माफी मागेका थिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ३ : ४७ बजे

विषाक्त खाना खाँदा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन- भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज

त्रिहत्तर वर्षीय चन्दको ‘ब्याडमिन्टन’ मोह

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ जानकी टोलका ७३ वर्षीय ग्रिस चन्द

जीवनी होइन इतिहास लेख्न राजनीतिमा आएको हुँ : सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफू जीवनी

सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय

चितवन- डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन

बागलुङको माझगाउँमा ‘एक घर, एक धारा’ कार्यक्रम

ढोरपाटन (बागलुङ)- बागलुङको जैमिनी नगरपालिका–३ देरालीखानी माझगाउँमा ‘एक घर, एक