नेपाली पात्रोले मेगा अपडेट गर्ने, थपिनेछन् यी सुविधा | Khabarhub Khabarhub

नेपाली पात्रोले मेगा अपडेट गर्ने, थपिनेछन् यी सुविधा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको लोकप्रिय एप नेपाली पात्रोको एप अपडेटपछि प्रयोगकर्ताले थप सुविधा पाउने भएका छन् । नेपाली पात्रोले यसलाई मेगा अपडेट भनेको छ ।

पात्रोका अनुसार प्रयोगकर्तालाई अझ सहज र सुविधा दिनका लागि मेगा अपडेट ल्याउन लागिएको हो ।

यो अपडेट माघ १५ गतेभन्दा अगाडि उपलब्ध हुने पात्रोले जनाएको छ ।

अपडेटपछि प्रयोगकर्ताले नयाँ युजर इन्टरफेस तथा विज्ञापनरहित एप पाउनेछन् । साथै प्रयोगकर्ताले डार्क थिम, आकर्षक डिजाइन पाउनेछन् भने वार्षिक १०० रुपैयाँ तिरे विज्ञापनरहित एप चलाउन पाउनेछन् ।

यो अपडेटपछि प्रयोकर्ताले एपमै कार्यक्रमहरु बनाउन पाउनेछन् भने जन्म, तिथिमा आधारित रिमाइन्डर राख्न पाउनेछन् ।

नयाँ अपडेटपछि प्रयोगकर्ताले कुण्डली र नेपाली पात्रोको ज्योतिष सेवासमेत लिन सकिने जनाएको छ । साथै यो एपमा संस्कृत विश्वविद्यालयका प्राध्यापकसँग ज्योतिष परामर्श समेत लिन सकिनेछ ।

साथै नेपाली पात्रो एपमा लोकप्रिय समाचार पनि पढ्न सकिने तथा एपले नै समाचार पढेर सुनाइदिने व्यवस्था पनि एपमा हुने जनाइएको छ ।

यस्तै यो एपमा सुनचाँदीको भाउ, दैनिक विदेशी विनिमयको दर सजिलैसँग हेर्न मिल्नुका साथै इकाइ परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार नेपाली पात्रमो दैनिक १४ लाख तथा मासिक ६० लाख सक्रिय प्रयोगकर्ता रहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ०२ बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।