नेपाली पात्रोले मेगा अपडेट गर्ने, थपिनेछन् यी सुविधा « Khabarhub

नेपाली पात्रोले मेगा अपडेट गर्ने, थपिनेछन् यी सुविधा


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालको लोकप्रिय एप नेपाली पात्रोको एप अपडेटपछि प्रयोगकर्ताले थप सुविधा पाउने भएका छन् । नेपाली पात्रोले यसलाई मेगा अपडेट भनेको छ ।

पात्रोका अनुसार प्रयोगकर्तालाई अझ सहज र सुविधा दिनका लागि मेगा अपडेट ल्याउन लागिएको हो ।

यो अपडेट माघ १५ गतेभन्दा अगाडि उपलब्ध हुने पात्रोले जनाएको छ ।

अपडेटपछि प्रयोगकर्ताले नयाँ युजर इन्टरफेस तथा विज्ञापनरहित एप पाउनेछन् । साथै प्रयोगकर्ताले डार्क थिम, आकर्षक डिजाइन पाउनेछन् भने वार्षिक १०० रुपैयाँ तिरे विज्ञापनरहित एप चलाउन पाउनेछन् ।

यो अपडेटपछि प्रयोकर्ताले एपमै कार्यक्रमहरु बनाउन पाउनेछन् भने जन्म, तिथिमा आधारित रिमाइन्डर राख्न पाउनेछन् ।

नयाँ अपडेटपछि प्रयोगकर्ताले कुण्डली र नेपाली पात्रोको ज्योतिष सेवासमेत लिन सकिने जनाएको छ । साथै यो एपमा संस्कृत विश्वविद्यालयका प्राध्यापकसँग ज्योतिष परामर्श समेत लिन सकिनेछ ।

साथै नेपाली पात्रो एपमा लोकप्रिय समाचार पनि पढ्न सकिने तथा एपले नै समाचार पढेर सुनाइदिने व्यवस्था पनि एपमा हुने जनाइएको छ ।

यस्तै यो एपमा सुनचाँदीको भाउ, दैनिक विदेशी विनिमयको दर सजिलैसँग हेर्न मिल्नुका साथै इकाइ परिवर्तन गर्न सकिने व्यवस्था गरिएको छ ।

कम्पनीका अनुसार नेपाली पात्रमो दैनिक १४ लाख तथा मासिक ६० लाख सक्रिय प्रयोगकर्ता रहेका छन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ०२ बजे

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७

नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसंघबीच सहकार्यमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र

मोदी खोलाले बगायो तातोपानी कुण्ड

कास्की । अन्नपूर्ण गाउँपालिका–११ झिनुस्थित मोदीखोला किनारमा रहेको तातोपानी कुण्ड

चिकित्सकहरूमाथि श्रम शोषण रोक्न सरकारले नियमित अनुगमन गर्ने

काठमाडौं । प्रधानमन्त्रीको सचिवालयले प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूमाथि श्रम शोषण

कांग्रेसले सार्वजनिक गर्‍यो महाधिवेशन तालिका

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको तालिका सार्वजनिक गरेको