केपी ओली लोकतन्त्रका हत्यारा: अध्यक्ष नेपाल « Khabarhub

केपी ओली लोकतन्त्रका हत्यारा: अध्यक्ष नेपाल


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— नेकपा प्रचण्ड–माधव समूहका एक जना अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली ‘ओली फाउन्डेसन’ का मात्रै अध्यक्ष रहेको टिप्पणी गरेका छन् । उनले ओली बढीमा ‘ओली गुट’ का अध्यक्ष मात्रै रहेको पनि बताएका छन् ।

संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै अध्यक्ष नेपालले निर्वाचन आयोगमा गएर बहुमत प्रमाणित गरेर देखाउन चुनौती पनि दिएका छन् । उनले ओलीले निर्वाचन आयोगमा पुगेर उनका पक्षमा निर्णय गर्न दबाब दिएको आरोप लगाएका छन् ।

नेपालले ४४१ जना केन्द्रीय सदस्यहरुमध्ये २९५ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको बताए । उनले नियमअनुसार चाँडो निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरे ।

नेपालले ओलीलाई ‘लोकतन्त्रका हत्यारा’ भन्दै उनी पापी भएको आरोप लगाएका छन् । उनले पशुपतिनाथले पापीलाई माया नगर्ने बताए ।

उनले भने, ‘पशुपतिमा बत्ती बालेर ओलीको पाप पखालिँदैन, ओलीलाई चेतना भया ।’

नेपालले आफूहरु जिउँदै रहेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रतिगमनका प्रतीकको संज्ञा दिए । उनले भने ‘हामी जिउँदै छौँ, संघीयता र गणतन्त्र हामीले ल्यायौँ ।’

उनले ओली गणतन्त्र र संघीयताका विरोधी भएको आरोप पनि लगाए ।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ४ : ३० बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको