नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ « Khabarhub

नक्कली सुन देखाई ५५ लाख रुपैयाँ ठगी गर्ने पाँच जना पक्राउ


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नक्कली सुन देखाई ठगी गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।  महानगरीय प्रहरी काठमाडौंको अपराध महाशाखाको टोलीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे जिल्ला भुम्लु गाउपालिका ५ घर भै काठमाडौंको माछापोखरी बस्ने बर्ष ३२ का सन्त बहादुर लामा नुवाकोट जिल्ला किस्पाङ्ग १ नुजेत घर भै काठमाडौंको तरकेश्वर नगरपालिका शान्तिटोल बस्ने बर्ष ४५ का रीसमान घले , बर्ष २० का चन्द्र भन्ने जेरि तामाङ्ग , बर्ष ३५ का जित भन्ने मेख तामाङ्ग र झापा जिल्ला अनारमनी १ घर भै काठमाडौंको ताहचल बस्ने पप्पु भन्ने अभय कुमार चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुले २०७२ साल माघ १२ गते काठमाडौँको ताहाचल बस्दै आएका एक व्यक्तिलाई १ किलो सुन जस्तो देखिने धातुलाई सुन भनेर झुक्याएर बिक्री गरी ५५ लाख रुपैयाँ ठगी गरेको आरोप लागेको छ ।

ती व्यक्तिले आफू ठगिएको थाहा पाएपछि महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

अपराध महाशाखाको प्रहरीले खोजी गर्ने क्रममा प्रहरीले उनीहरुलाई नगद ९ लाख ५० हजार रुपैयाँ २ वटा मोटरसाइकल र ५ थान मोबाइलसहित राजधानीबाट नियन्त्रणमा अपराध महाशाखाका प्रमुख दीपक थापाले जानकारी दिए ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ५ : २४ बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन