कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता | Khabarhub Khabarhub

कृषिमन्त्री अर्याल र इजरायली राजदूतबीच भेटवार्ता


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्याल र नेपालका लागि इजरायली राजदूत हानान गोडरबीच भेटवार्ता भएको छ।

मन्त्री अर्यालको कार्यकक्ष सिंहदरबार आज (बुधबार) नेपाल–इजरायल सहयोग कार्यक्रम ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’को विषयमा छलफल भएको हो ।

इजरायल सरकारको प्राविधिक सहयोगमा सञ्चालन हुने उक्त कार्यक्रम २०७७ असोज १४ गते नेपाल र इजरायलबीच सम्झौता भएको थियो।

उक्त कार्यक्रम सञ्चालनका निम्ति नेपालका तर्फबाट सह–सचिवको नेतृत्वमा स्टेरिङ कमिटी गठन भइसकेको छ। यस्तै, इजरायलले पनि आफ्नो प्रतिनिधि छनोट गरिसकेको छ।

कार्यक्रममा मन्त्री अर्यालले नेपाली कृषकहरूलाई इजरायली प्रविधिको तालिम/प्रशिक्षणको व्यवस्था गर्न सके नेपाली कृषि उत्पादनमा पनि वृद्धि हुने अपेक्षा व्यक्त गरिन्।

 

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ०१ बजे

सुदूरपश्चिममा नागरिक उन्मुक्तिबाट टीका थापा मन्त्रीमा नियुक्त

धनगढी– सुदूरपश्चिम सरकार आज विस्तार गरेको छ। मुख्यमन्त्री दीर्घबहादुर सोडारीले

संगठन कमजोर थियो, कम मत आयो : कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले इलाममा

इन्स्टाग्रामको युजरनेम यसरी बदल्न सकिन्छ

काठमाडौं– पछिल्लो समय इन्स्टाग्राम चलाउनेको संख्या निकै छ । टिकटक

नक्कली नोटसहित वीरगंजबाट दुई जना पक्राउ

पर्सा– वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नेपाली १ हजार दरको १

पर्वतको थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो वितरण

पर्वत– फलेवास नगरपालिका–२ थापाठानाका छ सय घरपरिवारलाई विद्युतीय चुल्हो (इन्डक्सन)