प्रजातन्त्र दिवसका कारण सर्यो ‘मिस नेवाः नेपाल’ | Khabarhub Khabarhub

प्रजातन्त्र दिवसका कारण सर्यो ‘मिस नेवाः नेपाल’


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नेवार सुन्दरीहरुको सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ एक साता पछि सरेको छ । आगामी फागुन ७ गते कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजकले फिनाले गर्ने तयारी गरे पनि सोहीदिन परेको प्रजातन्त्र दिवसका एक साताका लागि पछाडि सरेको हो ।

नेप्लिज फेशन होमले आयोजना गर्दै आएको १५ औं संस्करणको यो प्रतियोगिता अब फागुन १५ गते हुनेछ । होमकी अध्यक्ष हेमा मानन्धरले प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामा प्रजातन्त्र दिवस सम्बन्धी कार्यक्रम प्रतिष्ठानमा तोकिएकाले ‘मिस नेवाः नेपाल ११४१’ एकसाता पछि सारिएको बताइन् ।

प्रतियोगिताको शीर्ष उपाधिका लागि १५ जना नेवार सुन्दरीहरु अन्तिम प्रतिष्पर्धामा छन् । नेप्लीज फेसन होमले डेढ दशकदेखि नेवार समुदायका युवतीहरुका लागि ‘मिस नेवाः नेपाल’ आयोजना गर्दै आएको छ । होमले नेवार समुदायका बालिकाहरुका लागि ‘लिटिल मिस नेवाः’ पनि आयोजना गर्दै आएको छ । अध्यक्ष मानन्धरले नेवार समुदायको कला, भाषा र संस्कृतिलाई जीवन्त राख्न प्रतियोगिता आयोजना गरिएको बताईन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : ०० बजे

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र

धान रोप्ने खेत मासेर केरा खेती

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिलाचौरका नरेन्द्र साउदले डेढ बिघा

डढेलो परी बैतडीमा दुई महिला घाइते

बैतडी – बैतडीमा डढेलोमा परेर दुई महिला घाइते भएकी छन्

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण