ओलीले बनाएका दुई मन्त्री आफ्नो पक्षमा फर्किन लागेको अध्यक्ष दाहालको दाबी « Khabarhub

ओलीले बनाएका दुई मन्त्री आफ्नो पक्षमा फर्किन लागेको अध्यक्ष दाहालको दाबी


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्रचण्ड– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले बनाएका दुई जना मन्त्री आफ्नो पक्षमा फर्किन लागेको दाबी गरेका छन ।

दाहाल–नेपाल समूहले आज गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले ओली समूह छाडेर मानिसहरु आफ्नो पक्षमा लाम लागेर आएको दाबी गर्दै दुई मन्त्री पनि फर्किने विषयमा कुराकानी भएको बताए ।

उनले प्रतिनिधिसभा विघटनका पक्षमा कोही पनि नरहेको भन्दै ओली समूह छाड्नेको संख्या बढेको बताए ।

उनले भने, ‘प्रतिनिधि सभा विघटनको पक्षमा कोही पनि छैन, केपी ओलीको साथ छोड्नेको लाम लाग्न थालेको छ ।’

उनले दुई मन्त्री फर्किने खुलासा गरे पनि नाम भने लिएका थिएनन् ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ६ : २३ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण