समृद्धिको यात्रामा अवरोध आएपछि संसद विघटन : मन्त्री नेम्वाङ « Khabarhub

समृद्धिको यात्रामा अवरोध आएपछि संसद विघटन : मन्त्री नेम्वाङ


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाँचथर–  भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले मुलुकमा राजनीतिक स्थायित्व र समृद्धिको यात्रामा अवरोध आएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र प्रतिनिधिसभाको पुनर्गठन गर्नुपरेको बताएका छन् ।

पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमखण्ड कालोपत्रेको आज याङ्वरक गाउँपालिका–१ च्याङ्थापूमा शिलान्यास गर्दै मन्त्री नेम्वाङले संसद् र पार्टी पुनर्गठन गरी समृद्धिको अभियानलाई निरन्तरता दिइने बताए ।

मन्त्री नेम्वाङले मध्यपहाडी लोकमार्गको ५१ किलोमिटरको थर्पु–चिवाभञ्ज्याङ खण्ड कालोपत्रेको शिलान्यास गरे । बाँकी खण्डको यसअघि नै कालोपत्रे भइसकेको भए पनि उद्गम खण्डको कालोपत्रे हुन सकेको थिएन । पुष्पलाल राजमार्ग आयोजनाका निर्देशक दीपक केसीका अनुसारमन्त्री नेम्वाङको पहलमा बजेट सुनिश्चित भएपछि कालोपत्रेको बोलपत्र सम्पन्न भएको हो ।

मन्त्री नेम्वाङले भारतको सीमासम्म दुई लेनको कालोपत्रे सडक पुर्याउने कार्य सामान्य नभएको वताए । “विगतमा पहाडमा कालोपत्रे हेर्न हामी नै सिक्किम जान्थ्यौँ तर अहिले सिक्किमबाट नेपाली सीमासम्म ट्र्याक आइपुग्दा हामीले दुई लेनको सडक पुर्यायौँ”, मन्त्री नेम्वाङले भने, “चाँडै राष्ट्रिय विद्युत् प्रसारण लाइन मध्यपहाडी लोकमार्गको उद्गमस्थल चिवाभञ्ज्याङ पुर्याउछौँ ।”

आयोजना कार्यालय फिदिमका प्रमुख सुरेश न्यौपानेका अनुसार कूल रु दुई अर्ब, ३१ करोड, ६१ लाख लागतमा यो खण्डको कालोपत्रे हुन लागेको हो । साधारण मार्ग खोल्ने काम भने एक दशकअघि नै सम्पन्न भइसकेको छ । तीन प्याकेजमा विभाजन गरी ठेक्का लगाइएको छ । पहिलो खण्ड १६ किमी ठेक्का रोशन–शिव शक्ति जेभी मकवानपुरले रु ५३ करोड १७ लाख ९५ हजारमा लिएको छ ।

दोस्रो खण्ड १७ किमी ठेक्का सन्तोषी–शिव शक्ति जेभी भकवानपुरले रु ४६ करोड ४६ लाखमा तथा तेश्रो खण्ड १८ किमी ठेक्का रोशन—शिव शक्ति जेभी मकवानपुरले नै रु ४७ करोड ३७ लाख १७ हजारमा लिएको छ । दुई वर्षभित्र कालोपत्रे सम्पन्न गर्ने लक्ष्यसहित कालोपत्रे निर्माण शुरुआत भएको हो । पाँचथरमा मध्यपहाडी लोकमार्ग १११ किमी छ ।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  १० : ३८ बजे

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु

लन्डन – मे र जुनमा यस पहिलेको सोही समयको रेकर्ड

सर्वपक्षीय बैठक : मोरङमा सद्भाव र्‍याली निकालिने

विराटनगर – सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका

बालेन मौन बस्दा सक्रियता बढाउँदै रवि, मधेशवादी नेताहरूसँग गरे लामो संवाद

काठमाडौं- सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

चितवन– चितवन राष्ट्रिय निकुञ्जमा अघिल्लो गणनामा बाघको सङ्ख्या १२८ रहेकामा