भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति « Khabarhub

भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम आवश्यक छ : राष्ट्रपति


२८ माघ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारीरुपमा कदम चाल्न आवश्यक रहेको बताएकी छिन ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजिक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भ्रष्टाचार नियन्त्रण प्रभावकारीरुपमा हुन सकेन भने राज्यका स्रोत दुरुपयोग गरी समग्र राज्य प्रणालीलाई नै जर्जर बनाउने हुँदा भ्रष्टाचार नियन्त्रण गर्न कडाइका साथ प्रस्तुत हुन जरुरी देखिएको बताएकी हुन ।

भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउनेलाई कारवाहीको दायरामा ल्याउन जरुरी रहेको उनले उल्लेख  गरिन ।

“मुलुकमा हुनसक्ने अव्यवस्था, बेथिति र गैरकानूनी विचलनलाई समूलरुप अन्त्य गर्न सके मात्र समष्टिगतरुपमा भ्रष्टाचार न्यूनीकरण हुँदै जानेछ”, राष्ट्रपति भण्डारीले भनिन ।

जननिर्वाचित सरकारले जनताका विकास र समृद्धिका आकाङ्क्षालाई प्रभावकारी ढङ्गले सम्बोधन गरी उच्चतम नागरिक उत्तरदायित्व बहन गर्दै अघि बढेको परिवेशमा भ्रष्टाचारप्रति शून्य सहनशिलता कायम गर्न सम्बद्ध सबै क्षेत्र, निकाय र समग्र समाज नै अग्रसर हुनुपर्ने उनले बताइ ।

अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गर्ने र गराउनेलाई समयमै पहिचान गरी उचित दण्ड दिनसके मात्र सुशासन कायम हुनसक्ने उनले  उल्लेख गरिन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो प्रतिवेदनमार्फत सुझाएका सार्वजनिक हित र सरोकारका विषयको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारले तदारुकताका साथ काम गर्ने छ भन्ने आफूले विश्वास लिएको उनको भनाइ थियो ।

भ्रष्टाचार र अख्तियार दुरुपयोगविरुद्ध परेका उजुरीहरूको छानविन र अभियोजनमा आयोगले निष्पक्षता, तटस्थता र निर्भिकतालाई मूल मन्त्र मानी कार्य गर्नेछ र राज्यलाई सुशासन र समृद्धिको मार्गमा सबभन्दा ठूलो अभिभाराका साथ योगदान गर्नेछ भन्ने अपेक्षा गरेको राष्ट्रिपति भण्डारीले उल्लेख गरिन ।

“भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवद्र्धन र समृद्धि प्राप्तिका लागि आयोगका पदाधिकारी एवम् सम्पूर्ण राष्ट्रसेवक कर्मचारीको निष्ठा, प्रतिबद्धता, ऐक्यबद्धता र समर्पण रहने छ भन्ने मेरो विश्वास रहेको छ”, उनले भनिन ।

भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धनका लागि राज्यले लिएका निरोधात्मक, प्रवद्र्धनात्मक र उपचारात्मक रणनीतिको पूर्ण र प्रभावकारी कार्यान्वयनका लागि आयोग सक्रिय बन्नुपर्नेमा राष्ट्रपति भण्डारीले जोड दिइन।

प्रकाशित मिति : २८ माघ २०७७, बुधबार  ९ : ४८ बजे

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा)- वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद गतिविधि

सडकमा लापरबाहीपूर्वक सवारी साधन चलाउनु हुन्छ ? निलम्बनमा पर्ला लाइसेन्स

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले पटक–पटक लापरबाहीपूर्ण सवारी साधन

प्रभावकारी बन्दै आवास बीमा कार्यक्रम

जानकी (बाँके)- गत वर्षको भदौमा परेको अविरल वर्षाले नेपालगञ्ज उपमहानगरपालिका–७

रौतहटमा लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं सुधार अभियान सुरु

चन्द्रपुर (रौतहट)- रौतहटमा प्रहरीले ‘लागूऔषध नियन्त्रण तथा सेवनकर्ता खोजी एवं

चितवनमा कबुलियती वन संरक्षण र प्रवर्द्धन अभियान

चितवन- डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण र प्रवर्द्धन