भ्रामक सूचना भर्सेज फ्याक्ट चेक « Khabarhub

भ्रामक सूचना भर्सेज फ्याक्ट चेक


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही हप्ताअघि प्रधानमन्त्री केपी शर्मा ओलीले एक सार्वजनिक कार्यक्रममा भाषणका सिलसिलामा भने थिए ‘कोभिड आइरहन्छ, फेरि गइरहन्छ, पस्छ नाकमा । सफा गर्दिएपछि भागिहाल्छ । घाँटीसम्म पुगिहालेछ भने नुन पानीले गार्गल गर्दियो, तातो तातो पानीले गार्गल गदिएपछि खत्तम ।’

कोरोना भाइरसले विश्वभर नै प्रभाव पारिरहेका बेला मुलुकका प्रधानमन्त्रीको यस्तो सार्वजनिक अभिव्यक्तिले सामाजिक सञ्जालमा चर्चा पायो ।

कतिले सहमति जनाए भने कतिपयले प्रधानमन्त्रीको आधारहीन अभिव्यक्ति दिएको भन्दै विरोध जनाए ।

यो अभिव्यक्ति सही हो कि होइन भनेर साउथ एसिया चेकले तथ्य जाँच गर्‍यो । तथ्य जाँचमा प्रधानमन्त्रीको उक्त अभिव्यक्ति गलत भएको निष्कर्ष निकाल्यो । विश्व स्वास्थ्य सङ्गठनले नै नुनपानीले नाक सफा गर्नाले कोभिड–१९ निको हुँदैन भनेको छ ।

पानोस साउथ एसियाको एक प्रोजेक्टका रूपमा काम गर्दै आएको साउथ एसिया चेकले यस्तै भ्रामक समाचारहरूको चिरफार गर्दै आएको छ । सन् २०१५ देखि निरन्तर तथ्य जाँच गर्दै आएको यो संस्थाले सार्वजनिक पद धारण गरेका तथा चर्चित व्यक्तिहरूका अभिव्यक्तिको तथ्य जाँच गर्ने गर्छ ।

साउथ एसिया चेकका सम्पादक दीपक अधिकारी भन्छन्, ‘हामीले पाँच वर्षदेखि खासगरी सार्वजनिक पद धारण गरेका व्यक्तिहरू प्रधानमन्त्री, मन्त्री, सांसद, विपक्षी दलका नेताहरू, कर्मचारीतन्त्र लगायतका व्यक्तिले सार्वजनिक रूपमा गरेका दाबीहरूको तथ्य जाँच गर्दै आएका छौँ ।’

साउथ एसिया चेकले आम मानिसलाई प्रभाव पार्न सक्ने वा भाइरल भएका विषयमा मिहिन ढङ्गले तथ्य जाँच गरेर आफ्नो वेबसाइटमा नेपाली र अङ्ग्रेजी भाषामा प्रकाशन गर्ने गरेको छ ।

सम्पादक दीपक अधिकारीका अनुसार साउथ एसिया चेक अमेरिकामा रहेको विश्वभरिका तथ्य जाँचकीहरूको संस्था इन्टरनेसनल फ्याक्टचेकिङ नेटवर्कको सदस्य पनि हो ।

उक्त नेटवर्कले तथ्य जाँचको प्रवद्र्धन गर्नुका साथै आफ्ना सदस्यले तथ्य जाँचबारे उसले बनाएका मापदण्ड पूरा गरे नगरेको जाँच गर्छ । साउथ एसिया चेकजस्ता विश्वभरि ९० वटा तथ्य जाँचकी संस्था उसका सदस्य छन् ।

नेपालमा साउथ एसिया चेकले जसरी नेपाल फ्याक्ट चेकले पनि विगत एक वर्षदेखि यस्तै भ्रामक सूचनाहरूको तथ्य जाँच गर्दै आइरहेको छ ।

सेन्टर फर मिडिया रिसर्च र माइसंसार डटकमको संयुक्त प्रयासमा नेपाल फ्याक्ट चेकले भ्रामक तथा मिथ्या समाचारको तथ्य जाँच गर्दै आएको छ । यसका सम्पादक उमेश श्रेष्ठ छन् । रिसर्चरमा उज्ज्वल प्रजापति र सहायक रिसर्चरमा चेतना कुवँर छिन् ।

पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो प्रयोगले सयौँ भ्रामक सूचनाहरू छिटोभन्दा छिटो धेरै पाठककहाँ पुग्ने भएकाले तथ्य जाँच थप चुनौतीपूर्ण भएको सम्पादक अधिकारी बताउँछन् ।

राजनीतिक व्यक्तिहरूले बोलेका गलत कुरालाई आधार मानेर कतिले भ्रामक सूचनालाई नै विश्वसनीय ठानेको पाइन्छ । प्रविधिमैत्री पाठकहरूले मोबाइलमा क्लिक गरेकै भरमा यस्ता सूचनाहरू प्राप्त गरिरहेका हुन्छन् ।

‘सामाजिक सञ्जाल तथा युट्युबबाट भ्रामक समाचारहरू फैलाउने गरिन्छ, त्यस्ता भ्रामक सूचना कसरी चिर्ने भन्ने चुनौती छ,’ साउथ एसिया चेकका सम्पादक अधिकारी भन्छन्, ‘हामीले जहिले पनि तथ्य जाँच गर्दा अर्को तथ्यमा टेक्नुपर्ने हुन्छ, उक्त सूचनाबारे गलत र सही छुट्याउनुपर्ने हुन्छ ।’

नेपालमा घटित पछिल्लो राजनीतिक घटनाक्रमलाई आफ्नो पक्षमा पार्न कतिपयले सामाजिक सञ्जाललाई माध्यमका रूपमा उपयोग गर्ने गरेका छन् । अर्कातिर सार्वजनिक पद धारण गरेका व्यक्तिले पनि निहित स्वार्थका लागि भ्रामक सूचनाहरू फैलाइरहेको पाइन्छ ।

राजनीतिक व्यक्तिहरूले बोलेका गलत कुरालाई आधार मानेर कतिले भ्रामक सूचनालाई नै विश्वसनीय ठानेको पाइन्छ । प्रविधिमैत्री पाठकहरूले मोबाइलमा क्लिक गरेकै भरमा यस्ता सूचनाहरू प्राप्त गरिरहेका हुन्छन् ।

‘पहिले हामी सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले दिएका अभिव्यक्तिहरूको मात्र तथ्य जाँच गथ्र्यौँ, अहिले सामाजिक सञ्जालमार्फत पनि तीव्ररूपमा भ्रामक सूचना फैलिने भएकाले त्यस्तो सूचनाका पनि तथ्य जाँच गर्ने गरेका छौँ,’ साउथ एसिया चेकका फ्याक्ट चेकर सन्जोग शिवाकोटी भन्छन् ।

साउथ एसिया चेकमा हाल चार जनाको टिम छ । यो टिमले भ्रामक तथा गलत हुनसक्ने सूचनाहरू केलाएर तथ्य जाँच गर्दै आएको छ । टिममा छन्, दीपक अधिकारी (सम्पादक), दिलीप ढकाल (कपी इडिटर), इन्जिना पन्थी (फ्याक्ट चेकर) र सन्जोग शिवाकोटी (फ्याक्ट चेकर) ।

शिवाकोटीका अनुसार साउथ एसिया चेक साउथ एसियाकै सूचनाहरूको तथ्य जाँच गर्ने गरी स्थापना भएको हो । यसले अहिले नेपालमा ध्यान केन्द्रित गरेको छ । कहिलेकाहीँ नेपालका बारेमा भारतीय मिडियामा आएका समाचारका बारेमा पनि तथ्य जाँच गर्ने गरेको शिवाकोटी बताउँछन् ।

यसरी गरिन्छ तथ्य जाँच

साउथ एसिया चेकका सम्पादक अधिकारीका अनुसार साउथ एसिया चेकको टिमले पहिलो चरणमा सार्वजनिक पदमा बसेका व्यक्तिहरूले विभिन्न सञ्चार माध्यममा दिएका अन्तर्वार्ताहरू हेर्छ ।

‘सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले बोलेका अभिव्यक्तिहरू सही छन् कि छैनन् भनेर जाँच गर्छौं,’ अधिकारी भन्छन्, ‘उहाँहरूले बोलेको अभिव्यक्तिहरू सही छन् कि छैनन् भनेर विभिन्न विवरणहरू अध्ययन गर्छौं ।’

विवरणहरू अध्ययन गर्न विभिन्न पुस्तक, पत्रपत्रिका, दस्तावेज (अर्काइभ) हरू, सरकार तथा गैरसरकारी संस्थाका दस्तावेजहरू, अनलाइन रिसर्च र विभिन्न अन्तर्राष्ट्रिय संस्थाका विवरणहरूको अध्ययन गर्ने अधिकारी बताउँछन् ।

‘यसरी तथ्य जुटाउँदा गलत पाइएमा हामीले उक्त सूचना भ्रामक भनेर वेबसाइटमार्फत सार्वजनिक गर्छौं, गलत भए गलत छ भन्छौँ,’ उनी भन्छन् ।

त्यस्ता सूचना पूर्ण गलत कि भ्रामक छन् भनेर छुट्याउने गरिन्छ । उनका अनुसार रिपोर्ट तयार पारिसकेपछि पनि ती समाचारको पुनः तथ्य जाँच गर्ने गरिन्छ । यसो गर्नुको अर्थ आफूहरूले गरेको तथ्य जाँचमा कुनै त्रुटि नहोस् भन्ने हो ।

प्रविधिको बढ्दो प्रयोगले सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या पनि दिनानुदिन बढ्दो छ । यिनै सञ्जालको माध्यमबाट व्यापकरूपमा भ्रामक सूचनाहरू प्रयोग भइरहेको अधिकारी सुनाउँछन् । उनका अनुसार आजभोलि अझ भाइबर, म्यासेज, ह्वाटसएप, युट्युब लगायतका प्लेटफर्मबाट भ्रामक सूचना फैलाउने प्रयास भइरहेको हुन्छ ।

साउथ एसिया चेकको वेबसाइटमा दिइएको जानकारी अनुसार कुनै व्यक्तिले सञ्चार माध्यममा या सामाजिक सञ्जालका माध्यमबाट दिएको आँकडा सही छ कि छैन भनेर यो टिमले हेर्ने गर्छ । महत्त्वपूर्ण र संवेदनशील छ भने त्यसको तथ्य जाँच गरिन्छ ।

‘एकजनाले तथ्य जाँच गरिसकेपछि उसको तथ्य जाँच सही छ कि छैन भनी अर्कोले पनि जाँच गर्छौं, त्यस जाँचमा सही ठहरियो भनेमात्र हामी तथ्य जाँच प्रकाशन गर्छौं,’ सम्पादक अधिकारी भन्छन् ।

वेबसाइटमा प्रकाशित साम्रगीहरू अन्य सञ्चार माध्यमले पनि क्रेडिट दिएर पुनःप्रकाशित गर्न सक्ने दीपक सुनाउँछन् ।

प्रविधिको बढ्दो प्रयोगले सामाजिक सञ्जाल प्रयोगकर्ताको संख्या पनि दिनानुदिन बढ्दो छ । यिनै सञ्जालको माध्यमबाट व्यापकरूपमा भ्रामक सूचनाहरू प्रयोग भइरहेको अधिकारी सुनाउँछन् । उनका अनुसार आजभोलि अझ भाइबर, म्यासेज, ह्वाटसएप, युट्युब लगायतका प्लेटफर्मबाट भ्रामक सूचना फैलाउने प्रयास भइरहेको हुन्छ ।

‘हामी त अहिले खासगरी फेसबूक र ट्वीटरमा मात्र सीमित छौँ, आजभोलि सामाजिक सञ्जालका अन्य प्लेटफर्मबाट पनि गलत सूचना फैलाउने गरिन्छ,’ अधिकारी भन्छन् ।

कतिपय भ्रामक सूचना त सामाजिक सञ्जालकै माध्यमबाट भाइरल समेत गरिएका हुन्छन् ।

चुनौतीपूर्ण छ तथ्य जाँच

केही दिनअघि प्रधानमन्त्री केपी शर्माले साबिकको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का ओली समूह निकट सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रचण्ड–नेपाल समूहको विरोध सभाका तस्वीरमा भारतीय झण्डा प्रयोग गरिएको भन्दै विरोध जनाए । ती तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भए ।

ती भाइरल गरिएका तस्वीरहरू फोटोशप प्रयोग गरेर सम्पादन गरिएका थिए । ओलीका समर्थकले त सम्पादन गरेर बङ्ग्याइको हो भन्ने ज्ञात हुँदाहुँदै पनि विरोध गर्नकै लागि सामाजिक सञ्जालमा ती सम्पादित तस्वीरहरू शेयर गरेका थिए ।

उक्त भ्रामक समाचार केही मिडियाले मुख्य महत्त्व दिएर छापेका थिए ।

पछिल्लो समय तथ्य जाँचको महत्त्व पनि बढेको छ, दैनिकजसो गलत सूचनाहरू फैलाइएका हुन्छन्, अर्कातिर तथ्य जाँच गर्न चुनौती पनि थपिँदै गएको छ ।

साउथ एसिया चेकले यसको तथ्य जाँच गर्दै उक्त तस्वीर सम्पादन गरिएको निष्कर्षसहित रिपोर्ट तयार पार्दै वेबसाइटमा प्रकाशन गरेको थियो ।

सम्पादक अधिकारीका अनुसार साउथ एसिया चेकले मिडिया मोनिटर गर्ने गरेको र सामाजिक सञ्जालमा भाइरल भएका विषयमा पनि तथ्य जाँच गर्ने गरेको बताउँछन् ।

उनी भन्छन्, ‘पछिल्लो समय तथ्य जाँचको महत्त्व पनि बढेको छ, दैनिकजसो गलत सूचनाहरू फैलाइएका हुन्छन्, अर्कातिर तथ्य जाँच गर्न चुनौती पनि थपिँदै गएको छ ।’

समसामयिक विषयमा बाहेक अरू कैयन् विषयमा पर्याप्त तथ्यहरू नहुँदा तथ्य जाँचमै समस्या पर्ने गरेको अधिकारी बताउँछन् ।

उनी भन्छन्, ‘हामीकहाँ विस्तृत रूपमा गरिएका अध्ययन अनुसन्धान, रिपोर्ट एकदमै कम छन्, पर्याप्त तथ्यहरू नहुँदा तथ्य जाँच गर्न पहिलो चुनौती त तथ्यहरूकै अभाव हो ।’ उनका अनुसार नेपालमा डाटाबेस पनि छैन, भएको डाटाबेस पनि पर्याप्त छैन ।

‘हामी प्रमाणविना तथ्यजाँच गर्दैनौँ, अडियो तथा भिडियो रेकर्डिङ हुनुपर्‍यो, कतिपय अवस्थामा त हामीले प्रमाण जुटाउन नसक्दा कुनै सूचनाको तथ्य जाँच नै गर्न सक्दैनौँ,’ अधिकारी भन्छन् ।

अर्कातिर नेपालमा सम्बन्धित विषयका विज्ञहरूको पनि अभाव भएको अधिकारी सुनाउँछन् । कुनै विषयमा कुरा गर्नुपर्‍यो भने विज्ञ भेट्नै समस्या हुने उनको अनुभव छ ।

भिडियो:

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ९ : ४५ बजे

आलुको बजारीकरण जिम्मेवारी लिँदै ‘रामपुर नगरपालिका’

पाल्पा – रामपुर नगरपालिका–६ की सीता देवकोटालाई खेतमा आलु खन्ने

तुलसीपुरमा तरकारी बजार सञ्चालनमा

दाङ – दाङको तुलसीपुर तरकारीको बजार केन्द्र बन्ने गरेको छ।

कोभिडविरुद्ध चीनमा प्रदर्शनकारीको जित

चीनमा सरकारको कोभिड योजना नयाँ चरणमा प्रवेश गरेको छ। त्यहाँको

‘कसैले पनि यी नेताबाट आश नगर्दा पनि हुन्छ’

काठमाडौँ -अहिलेको निर्वाचनको नतिजा आएपछि कसको नेतृत्वमा सरकार बनाउने भनेर

स्वास्थ्य बीमा : सहज छैन सेवा लिन

रेसुङ्गा – स्वास्थ्य सेवा लिन जाँदा सुरुमा गएर लाइन लाग्नुपर्छ।