उचाइ बढाउन किशोर अवस्थामा गर्नुपर्ने ६ काम « Khabarhub

उचाइ बढाउन किशोर अवस्थामा गर्नुपर्ने ६ काम


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सबैलाई सलक्क अग्लो र हट्टाकट्टा ज्यान परेको मानिस मन पर्दछ । मानिस आफू पनि यस्तै शरीर भएको हुन चाहन्छन् । तर कतिपयमा भने उमेर पुग्दा समेत राम्रो उचाइ वृद्धि हुन पाउँदैन । हुनत उचाइ बढाउने कुरा मानिसको वसमा हुदैन । यो मासिनको जिनमा निर्भर हुन्छ ।

हर्मोनको कारण मांशपेसी र हड्डीको बृद्धि हुने गर्छ । विशेषत किशोर अवस्थामा मानिसको उचाइ तीब्र रुपमा बढ्छ । यो समयमा पोषणयुक्त खानपान र उचित जीवनशैली अपनाएमा उचाइ बढाउन सकिन्छ ।

१. सन्तुलित खानपान
शरीरको सम्पूर्ण विकासमा सन्तुलित खानपान आवश्यक हुन्छ । यसकालागी हरियो सागसब्जी, फलफूल, प्रोटीन, कार्बोहाइड्रेटयुक्त खाना खानु पर्दछ । सब्जीमा सलगम, पालुङ्गो, गोभी, गाजर, ब्रोकाउली खानाले उचाइ बढाउन मद्दत पुग्दछ ।

२. पर्याप्त निन्द्रा
कतिपयलाई थाहा नहुन सक्छ, निन्द्रामा समेत मानिसको उचाइमा बृद्धि हुन्छ । अध्ययन अनुसार सुतेको बखत बच्चाको उचाइ सबैभन्दा बढी बढ्छ । यतिबेला शरीरमा ह्युमन ग्रोथ हर्मोन अधिक मात्रामा स्राव हुन्छ । त्यसैले दैनिक ८ देखि ९ घण्टा मस्त निदाउनु पर्छ ।

३. दुध र दुग्धजन्य पदार्थ
दुधमा क्याल्सियम पाइन्छ, यसले हड्डी बढाउने काम गर्छ । यसका साथै दुधमा भिटामिन ए र प्रोटिन पाइन्छ, जसले सम्पूर्ण शरीरको विकास गर्दछ । तसर्थ नियमित दुई गिलास दुध पिएमा वा दुग्धजन्य पनिर र दही सेवन गरेमा उचाइ बढाउन सहायक हुन्छ ।

४. घाम ताप्ने
भिटामिन डी पाउने सबैभन्दा सुलभ उपाय भनेको घाम ताप्नु नै हो । घामको किरणबाट भिटामिन डी मिल्दछ । यसले हड्डी बलियो बनाउनुका साथै हाडको लम्बाई पनि बढाउँछ । यस अलावा भिटामिन डी पाउन दुध, माछा, अण्डा, पनिर पनि सेवन गर्न सकिन्छ ।

५. अश्वगन्धा
उचाई बढाउन आयुवेदिक औषधी अश्वगन्धा प्रभावकारी मानिन्छ । नियमित दुई चम्चा अश्वगन्धा चुर्ण एक गिलास दुधमा मिलाएर पिएमा उचाई बढाउन सहायक मानिन्छ ।

६. व्यायाम/योगा
उचाइ बढाउन व्यायाम र योगा समेत प्रभावकारी मानिन्छ । उचाइ बढाउन तीब्र गतिमा दौडनु राम्रो मानिन्छ । प्राकृतिक रुपमा उचाइ बढाउन योग पनि फाइदाजनक हुन्छ । सूर्य नमस्कार जस्ता योगले ग्रोथ हर्मोन्स स्राव हुन्छ । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १० : १५ बजे

जावलाखेल युथले नेपाल पुलिस क्लबलाई हरायो

काठमाडौं– काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा जावलाखेल युथ क्लबले नेपाल

क्षितिज थेबेको चुनावी सभामा उपमहासचिव योगेश भट्टराई (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका युवा उम्मेदवार क्षितिज थेबेको चुनावी प्रचारका क्रममा

देउवा सभापतिबाट हटेसँगै कर्ण मल्लसहितका नेताहरू कांग्रेसमै फर्किन तयार

डडेल्धुरा – शेरबहादुर देउवालाई विशेष महाधिवेशनमार्फत् गगनकुमाार थापाले सभापतिबाट बिदा

परिवर्तनको एजेन्डा बोकेर जनताको माझ आएका छौँ : कमल थापा

काठमाडौं– राप्रपाका नेता एवं काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार

बिमा प्राधिकरणको प्रवक्तामा निर्देशक ढुङ्गेल

काठमाडौं– नेपाल बीमा प्राधिकरणको प्रवक्तामा निर्देशक पूजन ढुङ्गेल अधिकारी तोकिएकी