भारतीय दूतावासका उपप्रमुखबाट सहकारी प्रवर्द्धन केन्द्रको नयाँ भवन उद्घाटन « Khabarhub

भारतीय दूतावासका उपप्रमुखबाट सहकारी प्रवर्द्धन केन्द्रको नयाँ भवन उद्घाटन


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारको आर्थिक सहयोगमा निर्मित ललितपुरको सहकारी प्रवद्र्घन केन्द्रको भवन उद्घाटन भएको छ । भवनको एक कार्यक्रमकाबीच भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले गरेकी छन् ।

कार्यक्रममा नेपाल सरकारका पूर्वअर्थमन्त्री उदय राणा, सहकारी संघ लिमिटेड ललितपुरका अध्यक्ष माधव दुलाल तथा संघका पदाधिकारी र जिल्ला समन्वय समितिका प्रतिनिधिको उपस्थिति थियो

३ करोड ५० लाख रुपैयाँ भारत सरकारको आर्थिक सहयोगमा तीन तले भवन निर्माण गरिएको केन्द्रले जनाएको छ ।

‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीनतल्ले नयाँ भवनमा बहुउद्देश्यीय बेसमेन्ट, ग्राउण्ड र दोस्रो तल्ला छन् । पहिलो तल्ला खुला बजारका लागि प्रयोग गरिनेछ । दोस्रो तल्लामा कार्यालय एवम् प्रशिक्षण कक्ष, बहुउद्देश्यीय हल, एउटा स्रोत केन्द्र तथा चमेनागृह रहनेछ भने बहुउद्देश्यीय बेसमेन्टको एउटा खण्डमा पार्किङ्गको सुविधा हुनेछ ।

यो परियोजना उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत रहेको छ । यसको कार्यान्वयन जिल्ला समन्वय समिति, ललितपुरले गरेको हो ।

No description available.

सन् २००३ यता भारतले नेपालमा ४४६ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना सम्पन्न गरिसकेको छ । जसमध्ये ललितपर जिल्लाका ९ वटा परियोजनासहित ८४ वटा परियोजना बागमती प्रदेशमा छन् । यी बाहेक भारतीय राजदूतावासले ललितपुर जिल्लाका विभिन्न स्वास्थ्य चौकी, गैरसरकारी संस्था तथा शैक्षिक संस्थाहरुलाई १८ वटा एम्बुलेन्स र ९ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरिसकेको छ ।

सन् १९७२ मा स्थापित यस सहकारी संघ लिमिटेडको सदस्य समाजको रुपमा ७६५ वटा सहकारी रहेका छन् भने तीन लाख पचास हजार भन्दा बढी सदस्यता रहेको छ । यस सहकारी संघको मुख्य उद्देश्य भन्नु नै सदस्य सहकारीको गतिविधिको नेतृत्व, समर्थन, समन्वय र प्रवद्र्घन गर्नुका साथै खेती किसानी गर्ने समुदायको विकास एवम् सुदृढीकरण गर्नु हो ।

यस नवनिर्मित सहकारी प्रवद्र्घन केन्द्रले सहकारी तथा यसका किसान सदस्यहरुको बजारीकरण क्षमता बढाउने अपेक्षा गरिएको छ । यसका साथै यसले किसान र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ । कृषिजन्य उत्पादनको बजारीकरणमा विशेष रुचि राख्ने व्यक्तिहरुका लागि सो भवनले सूचना केन्द्रको रुपमा पनि काम गर्ने विश्वास लिइएको छ ।

भारत नेपालको भरपर्दो विकास साझेदारको रुपमा रहेको छ । यस परियोजना मार्फत कृषि बजारीकरण क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा भारतीय राजदूतावासले थप बल प्रदान गरेको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  १ : ०४ बजे

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका

दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको पद सम्हाल्ने कीर्तिमान मेलोनीको नाममा

काठमाडौं- जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछि इटालीमा सबैभन्दा लामो समय प्रधानमन्त्रीको

नुवाकोटको पटाबारीमा पहिरो, राहत बोकेका गाडी रोकिए (तस्बिरहरू)

नुवाकोट– काठमाडौंबाट नुवाकोटतर्फ जाने सडकखण्डअन्तर्गत लिखु नगरपालिका–३, पटाबारीमा पहिरो खसेको छ