गोरखाको हिमालय माविको भवन निर्माण सम्पन्न | Khabarhub Khabarhub

गोरखाको हिमालय माविको भवन निर्माण सम्पन्न


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारत सरकारको सहयोगमा गोरखाको हिमालय माध्यमिक विद्यालयको भवन निर्माण सम्पन्न भएको छ ।

४ करोड ३३ लाख रुपैयाँ भारतको आर्थिक सहयोगमा गोरखाको शहीद लखन गाउँपालिका-६, घैरुङ्गमा निर्माण गरिएको भवन उद्घाटन गरिएको छ । एक कार्यक्रमका बीच भारतीय राजदूतावासका प्रशासन प्रमुख करुण वंशल, जिल्ला समन्वय समिति, गोरखा, विद्यालय व्यवस्थापन समिति तथा स्थानीय प्रतिनिधिहरुबाट संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

‘नेपाल-भारत विकास सहकार्य’ कार्यक्रम अन्तर्गत निर्मित यस तीन तल्ले नयाँ विद्यालय भवनमा १८ वटा कक्षा कोठा, विज्ञान प्रयोगशाला, प्रशासन, शिक्षक र प्रधानाध्यापकका लागि एक-एकवटा कक्ष र छात्र छात्राका लागि छुट्टाछुट्टै सरसफाई संरचना रहनेछन् ।

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अनुरुप पहिले ‘साना विकास परियोजना’ को नामले परिचित यस परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’ को रुपमा अघि बढाइएको हो । यस परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति, गोरखाले गरेको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेको छ भने ४४६ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ जसमध्ये गोरखा जिल्लाका ७ वटा परियोजना सहित ५० वटा परियोजना प्रदेश नं ४ मा रहेका छन् ।

Image

भारत सरकारले आर्थिक सहयोग गरेका प्रदेश नं ४ का विविध परियोजनाहरु निर्माण र कार्यान्वयनका विभिन्न चरणहरुमा रहेका छन् । यसको अलावा, भारतीय राजदूतावासले गोरखा जिल्लाका विभिन्न स्वास्थ्य चौकी तथा गैरसरकारी संस्थालाई १२ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको छ ।

२०७२ सालको भूकम्पले क्षति पुर्‍याएका नेपालका आठ जिल्लामा कूल ७१ वटा शैक्षिक संस्थाको निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत भइरहेको छ । यसमध्ये ७ वटा विद्यालय गोरखामा छन् । तीनवटा विद्यालयको निर्माण सम्पन्न भई गत मंसीर १२ गते भारतका विदेश सचिव महामहिम हर्षवर्धन श्रृंगलाद्वारा उद्घाटन भइसकेका छन् भने बाँकी चारवटा विद्यालयको निर्माण कार्य भइरहेको छ । भारतले गोरखामा भूकम्पले क्षति पुर्‍याएका ३० वटा अस्पतालको पुनर्निर्माण पनि गरिरहेको छ ।

सन् १९६० मा स्थापित श्री हिमालय माध्यमिक विद्यालय सन् २०१० मा माध्यमिक तहमा स्तरोन्नति भएको थियो । विद्यालयमा करिब २५० जना विद्यार्थीहरु अध्ययनरत छन् जसमध्ये ६० प्रतिशत भन्दा बढी छात्रा रहेका छन् । यस नवनिर्मित संरचनाले विद्यार्थीहरुको सिकाई क्षमतालाई अझ अभिवृद्घि गर्ने अपेक्षा गरिएको छ ।

यस परियोजनाले भारतको नेपालसँगको विकास साझेदारीलाई प्रतिबिम्बित गर्नुका साथै शिक्षाको क्षेत्रमा पूर्वाधार सुदृढ गर्ने नेपाल सरकारको प्रयासमा थप बल पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ३ : २३ बजे

बाँदर आतङ्कले बसाइँसराइ बढ्दा बस्ती नै खण्डहर

भोजपुर– बाँदरको समस्याका कारण भोजपुर मानेभञ्याङका स्थानीयले गाउँ छाड्दा बस्ती

मन्त्रिपरिषद बैठक बस्दै, आईजीपी नियुक्तिको तयारी

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक

एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ ।

यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

भेडापालन प्रवर्द्धन गर्न गोठालो भत्ता

जुम्ला– जुम्लाका दुई सय ३० जना भेडापालक किसानलाई गोठालो भत्ता