माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा नेताहरुबीच पेरिसडाँडामा भेटवार्ता « Khabarhub

माओवादी केन्द्रका अध्यक्ष दाहाल र जसपा नेताहरुबीच पेरिसडाँडामा भेटवार्ता


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता समीकरणका विषयमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ।

प्रतिनिधिसभाको बैठकमा सहभागी भएलगत्तै जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरुसँग भेटवार्ता गर्न पेरिसडाँडा पुगेका थिए।

भेटवार्तमा सहभागी एक नेताका अनुसार सरकार गठनका विषयमा छलफल गर्दै सहकार्य गरेर अघि बढ्नुपर्ने विषयमा नेताहरुबीच छलफल भएको हो ।

मंगलबारमात्रै अध्यक्ष दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जसपाकै संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेट गरेका थिए। बुधबार नै जसपाका नेता र एमालेका नेताहरूबीच पनि छलफल भएको थियो।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ४ : ४५ बजे

संसद पुनर्स्थापनासम्बन्धी कांग्रेसको पूरक रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– नेपाली कांग्रेससहित ६८ सांसदको हस्ताक्षरसहित प्रतिनिधिसभा पुनर्स्थापनाका लागि सर्वोच्चमा

फुङलिङमा भालुको आतंक, नियन्त्रणमा लिन खोर निर्माण

ताप्लेजुङ– ताप्लेजुङको फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका

काँकरभिट्टाबाट पाँच महिनामा करिब ८ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– चालु आर्थिक वर्ष (आव) २०८२–८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका

चिसोमा न्यानो पार्ने उपकरणको गलत प्रयोग : अकालमा जान्छ ज्यान

काठमाडौं– अहिले हामी पुस महिनाको सुरुवाती अवस्थामा छौं। देशभर दिनप्रतिदिन

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै, महाधिवेशनको कार्यतालिका हेरफेर हुन सक्ने

काठमाडौं– नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।