संसदमा अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्य देख्नुहुनेछ : नेता खनाल « Khabarhub

संसदमा अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्य देख्नुहुनेछ : नेता खनाल


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले अब संसदमा नयाँ खेल सुरु हुने बताएका छन् ।

संसद बैठकमा सहभागी भएर निस्कँदै गर्दा संचारकर्मीसँग नेता खनालले भने, ‘देशका सबै राजनीतिक पार्टीहरुले खेल्ने ठाउँ नै संसद् हो । अब नयाँ खेल सुरु हुन्छ, विस्तारै नयाँ परिदृश्यहरु देख्नुहुनेछ। ‘

उनले संविधानको मर्म र भावना अनुरुप अगाडि बढ्नुको विकल्प नभएको बताए । तसर्थ अब वर्तमान सरकारको निरन्तरताका लागि नै आफूहरुले प्रयास रहने जिकिर गरे ।

उनले भने, ‘एमाले नेतृत्वमा छ, यो सरकारले आगामी दुई वर्षको कार्यकाल राम्रोसँग पुरा गर्नुपर्छ । मेरो शुभकामना छ ।’ उनले नेकपा एमाले सधैं बाम एकताको पक्षमा रहेको बताए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ५ : ०० बजे

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत्

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ३० गते बुधबार तदनुसार