सांसदहरुको अवरोधपछि भारतको राज्यसभाको बैठक फेरि स्थगित | Khabarhub Khabarhub

सांसदहरुको अवरोधपछि भारतको राज्यसभाको बैठक फेरि स्थगित


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतको सङ्घीय संसद्को माथिल्लो सदनको रुपमा रहेको राज्यसभाको बैठक बुधबार स्थगित भएको छ ।

विपक्षी पार्टीका सांसदहरुले बैठकमा होहल्ला गर्दै अवरोध गरेपछि यही मार्च १५ तारिखसम्मका लागि बैठक स्थगित भएको हो ।

विपक्षी सांसदहरुले अहिले चरम विवादमा परेको कृषिसम्बन्धी कानूनहरुको विरोध गर्दै ती कानूनहरु तत्काल फिर्ता गर्न माग गरेका छन् ।

त्यसैगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका धेरै विषयहरुलाई उठान गर्दै विपक्षी सांसदहरुले संसद् अवरोध गरेका हुन् ।

यसअघि पनि उनीहरुले संसद् बैठक अवरुद्ध गरेपछि बुधबार मध्याह्न १२ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।

बुधबार सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले बैठक स्थगित गरेका हुन् ।

भारतको राज्यसभामा अहिले बजेट अधिवेशनको दोस्रो सत्र चलिरहेको छ । गत सोमबारदेखि बजेट अधिवेशनको दोस्रो सत्र सुरु भएको हो ।

भारतमा केन्द्रीय संसद्ले बनाएको कृषिसम्बन्धी तीन वटा कानूनलाई लिएर किसानले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो ।

संसद्मा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय काँग्रेससमेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद् बैठक बहिष्कार गरेका थिए ।

दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने संसद् सचिवालयको योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसद्मा टेबुल भएको थियो ।

अधिवेशनमा आर्थिक विधेयकसँगै करसम्बन्धी प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ । सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्ताव पनि संसद् बैठकमा पेस गर्ने तयारी गरेको छ ।

पश्चिम बङ्गाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद् अधिवेशनलाई दलले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ ।

–एएनआई

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  ६ : ३७ बजे

वित्तीय समानीकरण अनुदान कटौती नगर्न सरकारलाई चेतावनी, ७ अर्ब ९५ करोड  निकासा गर्न माग

पोखरा– गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले सरकारले

पञ्चेबाजा र हुर्केउली संस्कृतिको जगेर्ना गर्दै जगन्नाथ 

धनगढी– संस्कृति र सभ्यता मानव समाजका सम्पत्ति हुन् । मानवको परिचय

देशभर मनसुनी वायुको प्रभाव

काठमाडौं– देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल तथा

क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको फराकिलो जित

काठमाडौं – फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भएको

रित्ता कक्षाकोठा रुँगेर बस्दै गाउँका शिक्षकहरू, छैनन् विद्यार्थी

म्याग्दी– विद्यार्थी नभएपछि बेनी नगरपालिका–५ माथिल्लो गाजनेको जगन्नाथ आधारभूत र