अमट्रेड प्रालिको बजार योजना सार्वजनिक, पोखराको भट्टराई एण्ड ब्रोदर्स बन्यो उत्कृष्ट डिलर « Khabarhub

अमट्रेड प्रालिको बजार योजना सार्वजनिक, पोखराको भट्टराई एण्ड ब्रोदर्स बन्यो उत्कृष्ट डिलर


२६ फाल्गुन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमट्रेड प्रालीले भट्टराई एण्ड ब्रोदर्स पोखरालाई फेब्रुअरी महिनाको ‘डिलर अफ द मन्थ’ सम्मान प्रदान गरेको छ ।

आफ्नो वार्षिक बजारीकरण योजना अन्तर्गत कम्पनीले निर्धारण गरेको मापदण्ड भित्र रहेर हरेक महिना उच्च कारोबार गर्ने डिलरलाई उक्त सम्मान प्रदान गरिने कार्यक्रम रहेको कम्पनीले जनाएको छ ।

फेब्रुअरी महिनामा उक्त स्थान हासिल गर्न सफल भट्टराई एण्ड ब्रोदर्स प्रा ली पोखराका संचालक अम्बिका मोहन भट्टराईलाई अमट्रेड प्रा लि का सह–महाप्रवन्धक योगराज ढुङ्गानाले पोखरामा एक कार्यक्रमबीच सधन्यवाद सम्मानपत्रको साथमा पुरस्कार प्रदान गरेका छन् ।

सह–महाप्रवन्धक ढुङ्गानाका अनुसार सन २०२१ भर हरेक महिना निर्धारित मापदण्डमा रहेर उच्च कारोवार गर्ने एक डिलरलाई डिलर अफ द मन्थको सम्मानपत्र तथा पुरस्कार प्रदान गरिनेछ ।

यसैबीच लुमिनस पावर ब्याकअप सोलुसनको निमित्त नेपालको लागि आधिकारिक वितरक अमट्रेड प्रालीले सन २०२१ मा सञ्चालन गर्ने आफ्ना बजारीकरण गतिविधिहरुको योजना सार्वजनिक गरेको छ ।

तीन तहमा निर्धारण गरिएको उक्त योजनाले डिलर, सब–डिलर र उपभोक्तालाई समेटेको छ । स्थानीय तह र बजारमा रहेका अमट्रेड प्रालिका डिलरहरु मार्फत उक्त योजनाका विभिन्न गतिविधीहरु संचालन हुनेछन ।

डिलरले प्रस्तुत गरेको अवधारणापत्र बमोजिम स्थानिय स्तरमा आयोजना हुने बजारिकरण गतिविधिहरु संचालन हुनेछन भने सब–डिलर र उपभोक्ताको हकमा आयोजना हुने गतिविधि कम्पनी आँफैले संचालन गर्नेछ ।

लुमिनसका डिलरलाई कुनैपनि प्रकारको अतिरिक्त कार्यभार तथा व्ययभार ब्यहोर्न नपरोस भन्ने उद्देश्यले यस्तो ब्यवस्था गर्न लागिएको कम्पनिले जनाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  २ : ३७ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर