डोजर लगाएर घर टहरा हटाईयो « Khabarhub

डोजर लगाएर घर टहरा हटाईयो



झापा– दमक–७ को सुनलाईनमा रहेका घर टहरा नगरपालिकाले हटाएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा रहेका घर टहरा हटाउन पटक पटक आग्रह गरिएको तथा नहटाए पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको नगरपालिकाले जनाएको छ ।

सो स्थानमा रहेका भूमिहीनलाई एकीकृत नमूना बस्तिमा बनाईएका घर प्रदान गरिएको र अन्यत्र घर जग्गा हुनेलाई समान सार्न नगरपालिकाले सहयोग गरेको जनाईएको छ ।

सो स्थान खाली गराउन नगरपालिकाले जारी गरेको सुचना अटेर गरेको भन्दै सुरक्षाकर्मी समेत परिचिालन गरी जमिन खाली गराईएको हो । घर टहरा हटाउन नगरपालिकाले नगरप्रहरी तथा डोजर समेत परिचालन गरेको थियो ।

नगरपालिकाले सो स्थानमा सपिङ् कम्प्लेक्स बनाउने जनाएको छ । नगरप्रमुख रोमनाथ ओलीका अनुसार त्यसको डीपीआर समेत पूरा भई सकेको छ । सो जग्गा स्थानीय पदमबहादुर माझीले आफ्नो भएको दावी समेत गर्दै आएका छन् ।

जग्गाको स्वामित्व रहेको कागजात आफुसँग रहेको उनको दावी छ । तर नगरपालिकाले भने २०३२ सालयता सो जग्गा नगरपालिकाको स्वामित्व रहेको जनाएको छ ।

माओवादीको आपत्ति

भूमिहीनलाई विना विकल्प उठाईएको भन्दै नेकपा माओवादी केन्द्रले भने आपत्ति जनाएको छ ।

सहईन्चार्ज बेदू गौतम र सचिव शंकर बस्नेतले विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित सुचनाकै भरमा घर टहरा हटाउन बल प्रयोग गरिनु आपत्तिजनक भएको बताएका छन् ।

विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरुसँग छलफल गरेर दिगो समाधान खोजिनु पर्ने भन्दै माओवादी केन्द्रले आफुहरुको आग्रहलाई वेवास्ता गरे थप कडा कदम चाल्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : २६ बजे

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको

प्रतिनिधिसभा समानुपातिकतर्फको ५० लाख मतपत्र छाप्न बाँकी

काठमाडौं– निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबारका)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल माघ १० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ १० गते शनिबार माघ

देश भ्रमले होइन, श्रमले चल्छ : हर्क साम्पाङ

कर्णाली – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देश भ्रमले