डोजर लगाएर घर टहरा हटाईयो « Khabarhub

डोजर लगाएर घर टहरा हटाईयो



झापा– दमक–७ को सुनलाईनमा रहेका घर टहरा नगरपालिकाले हटाएको छ ।

नगरपालिकाको स्वामित्वमा रहेको जमिनमा रहेका घर टहरा हटाउन पटक पटक आग्रह गरिएको तथा नहटाए पछि सुरक्षाकर्मीको सहयोग लिएर हटाउनु परेको नगरपालिकाले जनाएको छ ।

सो स्थानमा रहेका भूमिहीनलाई एकीकृत नमूना बस्तिमा बनाईएका घर प्रदान गरिएको र अन्यत्र घर जग्गा हुनेलाई समान सार्न नगरपालिकाले सहयोग गरेको जनाईएको छ ।

सो स्थान खाली गराउन नगरपालिकाले जारी गरेको सुचना अटेर गरेको भन्दै सुरक्षाकर्मी समेत परिचिालन गरी जमिन खाली गराईएको हो । घर टहरा हटाउन नगरपालिकाले नगरप्रहरी तथा डोजर समेत परिचालन गरेको थियो ।

नगरपालिकाले सो स्थानमा सपिङ् कम्प्लेक्स बनाउने जनाएको छ । नगरप्रमुख रोमनाथ ओलीका अनुसार त्यसको डीपीआर समेत पूरा भई सकेको छ । सो जग्गा स्थानीय पदमबहादुर माझीले आफ्नो भएको दावी समेत गर्दै आएका छन् ।

जग्गाको स्वामित्व रहेको कागजात आफुसँग रहेको उनको दावी छ । तर नगरपालिकाले भने २०३२ सालयता सो जग्गा नगरपालिकाको स्वामित्व रहेको जनाएको छ ।

माओवादीको आपत्ति

भूमिहीनलाई विना विकल्प उठाईएको भन्दै नेकपा माओवादी केन्द्रले भने आपत्ति जनाएको छ ।

सहईन्चार्ज बेदू गौतम र सचिव शंकर बस्नेतले विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित सुचनाकै भरमा घर टहरा हटाउन बल प्रयोग गरिनु आपत्तिजनक भएको बताएका छन् ।

विभिन्न राजनीतिक दल तथा सरोकारवालाहरुसँग छलफल गरेर दिगो समाधान खोजिनु पर्ने भन्दै माओवादी केन्द्रले आफुहरुको आग्रहलाई वेवास्ता गरे थप कडा कदम चाल्ने चेतावनी पनि दिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  १ : २६ बजे

फ्लप भयो नीता-अशोकको फिल्म ‘पार्वती’

काठमाडौं – नायिक नीता ढुंगाना र बाल गायक अशोक दर्जी

नयाँदिल्लीमा भवन भत्किँदा छ जनाको मृत्यु

नयाँदिल्ली– नयाँदिल्लीको सत्य निकेतनमा पाँचतले भवन भत्किँदा छ जनाको मृत्यु

कल्याण गुरुङ भन्छन् : भोटेकोशी बाढीबाट पाठ सिक्दै नदी किनारमा २०० मिटर क्षेत्र खाली राखौँ

काठमाडौं- गत भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा,

झापाबाट २२ हात्ती भारत तर्फ

झापा– विगत एक महिनादेखि जिल्लाका विभिन्न सामुदायिक वनमा डेरा जमाएर

पीडितले सरकारको अभाव महसुस गर्न नपरोस् : सभामुख अर्याल

धादिङ– सभामुख डोलप्रसाद अर्यालले प्राकृतिक विपद्बाट प्रभावित कुनै पनि नागरिकले