प्रधानमन्त्रीले भने– हामी सचेत भएनौँ भने फेरि लकडाउन हुनसक्छ « Khabarhub

प्रधानमन्त्रीले भने– हामी सचेत भएनौँ भने फेरि लकडाउन हुनसक्छ


२८ चैत्र २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पहिलो प्राथमिकता नागरिकको स्वास्थ्य रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औं वर्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो जीवनको रक्षाका लागि नागरिक पनि सचेत हुनुपर्ने बताए ।

उनले कोरोना भाइरसको महामारी विश्वभर फेरि फैलन थालेको भन्दै त्यसतर्फ सचेत रहन सबैलाई आग्ह गरे । उनले कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रलायले दिएका निर्देशन पालना गर्न पनि सुझाए । प्रधानमन्त्री ओलीले स्वास्थ्य मन्त्रालयले दिएको निर्देशन पालना नभए कोरोनाको संक्रमण फैलिने हुँदा फेरि लकडाउन हुन सक्ने बताए ।

प्रधानमन्त्रीले नागरिकको स्वास्थ्यका विषयमा सरकार सचेत भएकाले नागरिकको स्वास्थ्यलाई नै पहिलो प्राथमिकतामा राख्ने र त्यसका लागि लकडाउनको अवस्था आउन सक्ने भन्दै थप सचेत बन्न आग्रह गरे ।

उनले भने, ‘सचेत नबने फेरि लकडाउनमा पुग्दैनौँ भन्ने छैन । आफैँ सचेत बनौँ । सामाजिक जीवनलाई खलबलिन नदिन, सावधानी अपनाएनौँ भने समस्या आउनसक्छ । हामी समयमै सचेत बनौँ ।’

उनले कोभिडको महामारीलाई परास्त गर्दै उद्योग चलाउन सकिने बताए ।

प्रकाशित मिति : २८ चैत्र २०७७, शनिबार  २ : ३२ बजे

रास्वपा महिला सांसदको एउटै आवाज- खगेन्द्र सुनारलाई बहिष्कार गर्छौ 

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महिला सांसदहरूले सांसद

चाडपर्वको मुखमा यात्रुलाई दुःख दिने र चालकसँग पैसा माग्ने तीनजना पक्राउ

काठमाडौं– सार्वजनिक यातायातका यात्रुलाई दुःख हैरानी दिने र यातायात कम्पनीमा

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

रौतहट– चन्द्रपुर नगरपालिका–८ मोतीपुरस्थित भित्री सडकखण्डमा स्कुलबसको ठक्करबाट आज एक

४७ थरीका औषधिको आयात र नयाँ उत्पादनमा रोक

काठमाडौं– औषधि व्यवस्था विभागले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेका ४७ थरीका

बेलायत भ्रमण सकेर स्वदेश फर्किए प्रधानसेनापति सिग्देल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देल बेलायतको औपचारिक भ्रमण सम्पन्न गरी